श्रमिकहरूलाई वेतनमा दुई हजारको नोट दिएपछि श्रमिकहरू कहाँ साट्ने भनेर चिन्तामा

IMG-20230526-WA0285.jpg

नागरी: पोख्रेबोङ नागरी क्षेत्रको एभनग्रोभ तथा नागरी चियाबारी मगरजोङमा चिया श्रमिकहरूको वेतन यसपल्ट नगद राशीमा वितरण गर्दै दुई हजारको नोटहरू दिएको बताइएको छ। गत केही वर्षदेखि यता चिया श्रमिकहरूलाई तिनीहरूकै बचत खातामा खर्च दिँदै आइरहेको थियो। दुइ हजार रूपियाँको नोट वितरण गरेपछि वाध्य भएर श्रमिकहरूले दुई हजारको नोट थापे तापनि यसलाई लिएर तिनीहरू आन्योलमा परेका छन्। केही समयदेखि लगभग नदिएको दुई हजार रूपियाँको नोट धेरै सङ्ख्यामा देखा त्यस समय पर्यो जब सरकारले सो नोट बन्द गर्ने सूचना गरेर यस वर्षको अन्तिम सेप्टेम्बरसम्म ब्याङ्कमा जमा गराउन सकिने निर्देश दिएको छ। यसबारे जान्न चाहँदा नागरी चियाबारीका महाप्रबन्धक, सह प्रबन्धक तथा स्टाफले एकैजना श्रमिकले पनि दुई हजारको नोटलाई लिएर आपत्ती नजनाएको दावी गरेका छन्। कमानका महाप्रबन्धक अनुसार एकैजना श्रमिकले पनि सो दुई हजारको नोटलाई लिएर हुने बताएको भए हेट अफिसमा सम्पर्क गरेर समस्या सामधान गरिदिने थिएँ भनी बताएका छन्। अर्कोतिर, चिया श्रमिकहरूले आफुले दुई हजारको नोट नथाप्ने भन्दा समेत यो पैसा चल्छ भनेर खर्च थाप्न लगाएको आरोप लगाएका छन्। श्रमिकहरूले थापेको दुई हजारको नोट कसरी चलाउनु पर्ने, कहाँ लगेर साट्ने भन्नेबारे तिनीहरू अन्योलमा परेको पनि बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *