तिमी नाम्फिङबाट ६ सय परिवारले एसकेएमको झण्डा समाते

IMG-20230526-WA0290.jpg

गान्तोक: तिमी नाम्फिंग समष्टि अन्तर्गत तिमी चियाबारीको खेल मैदानमा आज आयोजित एक बृहत सामेल सम्पन्न भयो।यस कार्यक्रममा बिपक्षी एसडीएफ पार्टीबाट ६ सय भन्दा अधिक परिवार एसकेएम पार्टीमा सामेल भएका छन्। यस अवसरमा क्षेत्र बिधायक तथा मन्त्री बीएस पन्त मुख्य अतिथिका रुपमा उपस्थित थिए भने मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ विशिष्ट अतिथिकोरूपमा थिए। आज एसडीएफ पार्टी त्याग गरि एसकेएम पार्टीमा सामेल हुनेहरूलाई मन्त्री पन्त र जेकब खालिङ लगायत अन्यहरूले पार्टीमा स्वागत जनाए। कार्यक्रमलाई सम्बोधन गर्दै एसकेएम पार्टीका प्रबक्ता तथा मुख्यमन्त्रीका राजनैतिक सचिव जेकब खालिङ्गले ४ बर्षको अन्तरालमा एसकेएम सरकारले उल्लेखनीय कार्य गरेको बताउँदै यो चार वर्षको समय सिक्किम र सिक्किमे जनताको निम्ति स्वर्णिम काल रहेको ठोकुवा गरे। २५ बर्षे पूर्व सरकारले सिक्किमको प्रशासनिक ढाचालाई अस्त व्यस्त बनाएको उल्लेख गर्दै उनले वर्तमान सरकारले व्यवस्थित बनाएको दावी गरे। सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको उल्लेख गर्दै उन्ले ४ वर्षको अवधिमा वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेको किटान गरे। मुख्यमन्त्री प्रेम सिंह ताङको वैज्ञानिक सोंचका कारण यो सम्भव भएको उनले आफ्नो सम्बोधनमा बताए। शिक्षा लगायत अन्य विविध क्षेत्रमा एसकेएम सरकारले गरेका कार्यहरुबारे पनि उन्ले प्रकाश पारे। पार्टी कार्यकर्ताहरुलाई पार्टीको नीति र सिधान्तलाई आत्मसात गरेर अघि बढ्न आग्रह गर्दै पार्टी अध्य्क्ष तथा मुख्यमन्त्रीको हात दह्रो बनाउन खालिङले अपील गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *