खोती योग्य जमीनको वृद्धि गर्नुपर्ने मन्त्री नेपालको सुझाउ

IMG-20230525-WA0288.jpg

गान्तोक: सेन्ट्रल मार्तमको माध्यमिक विद्यालयमा सरकारको प्रतिबिम्ब र योजना सम्मेलन-२०२३ सम्पन्न भयो। यस अवसरमा मुख्य अतिथिकोरूपमा राज्यका कृषि विभाग मन्त्री लोकनाथ नेपाल रहेका थिए भने विशिष्ट अतिथिमा सिक्किम मिल्क यूनियनका अध्यक्ष यम कुमार मिश्रा लगायत विद्यार्थीहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रम अन्तर्गत मन्त्री नेपालले जैविक सागसब्जी बिक्रीको निम्ति निर्माण गरिएको जैविक सब्जी बगैंचाको पनि उदघाटन गरे। उक्त बगैंचा विद्यालय परिसरमा नै बनाइएको छ। ग्रीन हाउस स्प्रिंकल र ड्रिप सिंचाईको पनि व्यवस्था गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेपालले मुख्यमन्त्री पीएस तामाङको नेतृत्वमा राज्यको विभिन्न क्षेत्रमा भइरहेको विकासकबारेमा प्रकाश पारे। उनले हरेक व्यक्तिको जिम्मेवारीको महत्वमा जोड दिँदै सबैले जिम्मेवारीपूर्वक काम गर्ने आग्रह गरे। उनले विद्यार्थीको भविष्य निर्माणमा शिक्षकको योगदानको कदर गर्दै पछिल्ला वर्षहरूमा शिक्षा क्षेत्रमा भएका विभिन्न विकासका बारेमा अवगत गराए। उनले कृषि क्षेत्रलाई जोड दिँदै विद्यार्थीहरूलाई मानव समाजको अस्तित्वसम्म कृषि र पशुपालनको दिगोपनबारे प्रष्ट पारे। यसका साथै उनले खेतीयोग्य क्षेत्रफल बढाएर उत्पादकत्व वृद्धि गर्न जनतालाई उत्प्रेरित गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *