खरसाङ महकुमाअन्तर्गत सिटोङ-२ को लोवर मामरिङमा शिक्षित अनि सशक्त समाज निर्माणको लागि शिक्षालाई प्रमुखता दिँदै सन् १९८३ मा गाउँवासीको प्रयासमा सानो विद्यालय स्थापित गरिएको थियोl विद्यालयका शिक्षकहरू साथै सबैका इच्छाशक्तिका कारण आज त्यो सानो विद्यालय मामरिङ तोरयोक उच्चतर माध्यमिक विद्यालयको रुपमा विशाल भवनमा परिणत भएको छl विद्यालयको परिसरमा पाइला टेक्ने साथ हिमालय पर्वतको मोडल र यसको अघिल्तिर फहरिएका राष्ट्रिय झण्डाले सबैलाई आकर्षित पार्दछl विद्यालयको सरसफाईले कुनै निजी विद्यालयमा प्रवेश गरेको महसुस हुन्छl १० मार्च २०१९ मा तत्कालिन जीटीए (बीओए) का उपाध्यक्ष अनित थापाले विद्यालयको नयाँ भवन उद्घाटन गरेका हुन्l समाजमा शिक्षाको ज्योति छर्दै मामरिङ तोरयोक उच्चतर माध्यमिक विद्यालय अग्रगामी मार्गमा अघि बढिरहेको छl





Post Views: 60