जी20 को दोस्रो पर्यटन कार्यदलको बैठक १-३ अप्रेल २०२३ सम्म सिलगढी/दार्जीलिङ (पश्चिम बङ्गाल) मा आयोजना हुनेछ

IMG-20230324-WA0003.jpg


दोस्रो बैठकमा पर्यटन कार्यदलको पाँच प्राथमिकतामाथि गहन तथा व्यापक पक्षमा छलफल हुनेछ: श्री अरविन्द सिंह

नयाँ दिल्ली: दोस्रो पर्यटन कार्यदलको बैठक १-३ अप्रेल २०२३ सम्म सिलगढ़ी/दार्जीलिङ (पश्चिम बङ्गाल) मा आयोजना हुनेछ।
पर्यटन सचिव श्री अरविन्द सिंहले मीडियालाई जानकारी दिँदै पर्यटन कार्यदलका पाँच प्राथमिकतामध्ये हरित पर्यटन, डिजिटलाइजेसन, सीप, पर्यटन एमएसएमई, गन्तव्य व्यवस्थापनलाई पहिलो पर्यटन कार्यदलको बैठकमा प्रस्तुत गरिएको र सबै जी२० सदस्यहरू, आमन्त्रित देशहरू र अन्तर्राष्ट्रिय संगठनहरूले समर्थन जनाएको बताए। उनले दोस्रो टीडब्ल्यूजी बैठकमा सबै जी२० सदस्यहरू, आमन्त्रित देशहरू र अन्तर्राष्ट्रिय संगठनहरूले पर्यटन कार्यदलका पाँच प्राथमिकतामाथि गहन तथा व्यापक पक्षहरूमा छलफल गर्ने बताए।
श्री अरविन्द सिंहले भने अनुसार भारत सरकारको पर्यटन मन्त्रालयले ‘दिगो विकास लक्ष्य हासिल गर्नको लागि साहसिक पर्यटन’ सम्बन्धी एक सम्बद्ध कार्यक्रम आयोजना गरिरहेको छ। सम्बद्ध कार्यक्रममा सात पूर्वोत्तर राज्यहरूले साहसिक पर्यटनको बारेमा प्रस्तुतीकरण दिनेछन्।
एडभेन्चर टुर अपरेटर्स एसोसिएशन (एटीटीए)-की श्रीमती ग्याब्रिला स्टोवेल (उपाध्यक्ष), जी२० प्रतिनिधिहरू र पद्मश्री पुरस्कार विजेता तथा एडभेन्चर टुर अपरेटर्स एसोसिएसन अफ् इण्डिया (एटीओएवाई) का अध्यक्ष श्री अजित बजाजलाई प्यानलका रूपमा सहभागी हुन आमन्त्रित गरिएको छ। घरेलु उद्योग साझेदार र भारत सरकारका राज्यहरूका लागि मिशन मोड: एडभान्टेज एडभेन्चर टुरिज्मको बारेमा छलफल गर्न पूर्ण दिनको कार्यक्रम आयोजना गरिएको छ।
मीडियालाई जानकारी दिँदै श्री अरविन्द सिंहले थप भने, “दोस्रो टीडब्ल्यूजी बैठकमा दार्जीलिङको प्राविधिक भ्रमणको योजना बनाइएको छ। पहाडकी रानी दार्जीलिङबाट दैविक शक्ति कञ्चनजङ्घाको दृश्यावलोकन गर्न सकिन्छ।
दोस्रो टीडब्ल्यूजी बैठकमा मुख्य आकर्षणहरूमध्ये एक युनेस्को विश्व सम्पदा स्थल दार्जीलिङ हिमालयन रेलवे (डीएचआर) हुनेछ, जसलाई ‘टोय ट्रेन राइड’ पनि भनिन्छ। यो सवारी भारतको सबैभन्दा अग्लो रेलवे स्टेशन (२,२५८ मीटरको उँचाइ) घूमबाट बतासे लुपसम्म हुनेछ।
बैठकमा सबै प्रतिनिधिहरूले चियाको स्वाद र जूनको उज्यालोमा चियाका पात टिप्ने अनुभव लिनेछन्। प्रतिनिधिहरूलाई पश्चिम बङ्गालका राज्यपालको ग्रीष्मकालीन निवास राजभवनको भ्रमणको लागि पनि लगिनेछ। दार्जीलिङको चौरस्ता (द माल रोड) मा सांस्कृतिक कार्यक्रम र आर्ट एण्ड क्राफ्टको अभूतपूर्व अनुभव आयोजना हुँदैछ र त्यहाँ हिमालयन माउन्टेनियरिङ इन्स्टिट्युट (एचएमआई) का उत्पादहरू पनि प्रदर्शनी हुनेछ।
दार्जीलिङको माल रोडमा भारतको जी२० अध्यक्षताबारे सचेतना बढाउन र साहसिक पर्यटन अन्तर्गत दिगो अभ्यासको प्रवर्द्धन गर्न ३ देखि ५ अप्रेल २०२३ सम्म सर्वसाधारणका लागि एक प्रदर्शनी खोलिनेछ।
कार्यक्रममा पश्चिम बङ्गाल राज्यका बर्दवान जिल्लाबाट ओडीओपी स्मृति चिन्ह (वुडेन आउल); मालदा जिल्ला (३ वटा रुमालको सेट); बाँकुड़ा जिल्ला (डोक्रा हुक); कालेबुङ जिल्ला (काठको बक्सामा अत्तर) माथि कार्यक्रममा विशेष प्रकाश पारिनेछ। (पीआईबी)

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *