दार्जीलिङ: यस वर्ष चैत महिनामा दार्जीलिङ पहाडी भएको सर्वाधिक लोकप्रिय पर्यटन स्थल सन्दकफू क्षेत्रमा हिमापात भएपछि सम्पूर्ण डाँडा सेतो च्यादरले ढाकिएको जस्तै देखिएको छl यो दृश्य अति नै मनोरम बनेको छl आइतबार बिहानदेखि नै समग्र उत्तर बङ्गाल क्षेत्रमा अविरल वर्ष भइरहेको थियो भने सन्दकफू क्षेत्रमा हिउँ परिरहेको थियोl आइतबार बिहान करिब पाँच बजेदेखि हुरीबतास चलेपछि पहाड़ी क्षेत्रका केही ठाउँहरूमा बिजुलीको खम्बामा रूख ढल्दा बिजुली सेवामा बाधा उत्पन्न भयोl पहाड़देखि लिएर मैदानी क्षेत्रहरूमा पनि धेरै ठाउँमा रूखहरू ढलेका छन्l यद्यपि, छुट्टीको दिन पानी परेकोले साथै सन्दकफू क्षेत्रमा हिउँ परेको हुनाले धेरै जनाले यसको आनन्द पनि उठाएका छन्।





Post Views: 64