एकलमा ललित सेवा अनि डबलमा मणि तामाङ र महेश थापा च्याम्पियन

खरसाङ: खरसाड महकुमा अन्तर्गत खरसाड चिम्ली देवराली समष्टिको वार्ड नम्बर ६ र ७ को युवाशक्तिद्वारा क्षेत्रीय सभासद श्याम शेर्पाको पहलमा दुई दिनव्यापी खुल्ला क्यारम बोर्ड प्रतियोगिता सम्पन्न भएको छ। उक्त क्यारम बोर्ड प्रतियोगिताको फाइनल खेल आज खरसाङको शेर्पा बस्तीस्थित शेर्पा गुम्बाको हलमा सम्पन्न भएको छ। उक्त फाइनल खेलमा मुख्य अतिथिको रुपमा खरसाङ नगरपालिकाको उपाध्यक्ष सुवास प्रधान उपस्थित रहेका थिए। यस प्रतियोगितामा भने निर्णायकको रूपमा खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सदस्य मोहन राई र फूर्बा तामङ उपस्थित रहेका थिए। हिज शनिबारदेखि शुरु भएको दुई दिवसीय क्यारम बोर्ड प्रतियोगिताको आज भएको फाइनल खेल अन्तर्गत डबल खेलमा महेश थापा र मणि तामङले कर्म शेर्पा र सुनिल लामालाई परास्त गरेका छन्। त्यसरी नै एकल (सिंगल) खेलमा ललित सेवाले महेश थापालाई परास्त गरेर च्याम्पियन बनेका छन्। प्रतियोगितामा अंश ग्रहण गर्ने एवं निर्णायकहरूलाई ट्रफि अनि स्मृति चिन्ह प्रदान गरिएको थियो।

यस फाइनल खेलमा खरसाङ चिमनी देवराली समष्टीको सभासद श्याम शेर्पा र मुख्य अतिथिको रुपमा उपस्थित खरसाङ नगरपालिकाको भाइस चेयरम्यान एंव जीटीएको जनसम्पर्क अधिकारी सुवास प्रधानले वक्तव्य राखेका थिए।