कालचिनीः कालचिनी ब्लक तृणमूल महिला कङ्ग्रेसका सभापति चन्द्रा नार्जीनारीद्वारा आइतबार कालचिनीस्थित तृणमूल कार्यालयमा जयगाउँ एक, जयगाउँ दुई, दलसिंहपाड़ा, मलङ्गी, साताली, मेन्दाबारी, लोथाबारी, कालचिनी, चुवापाड़ा, गारोपाड़ा र राजाभातखावा अञ्चल मिलाई जम्मा ११ जना अञ्चल सभापतिहरूलाई खदा पहिराएर नियुक्ति पत्र प्रदान गरियो।
महिला कङ्ग्रेसलाई प्रत्येक अञ्चलहरूमा बलियो बनाउन काम गर्ने र दलको अनुशासनमा रहेर संगठनको कार्य गर्ने आह्वानसितै आगामी पञ्चायत चुनाउको तयारीबारे सबैले कम्मर कस्ने तृणमूल कालचिनी ब्लक महिला कङ्ग्रेसका सभापति चन्द्रा नार्जीनारीले अपील गरेकी छन्।
Post Views: 26