सुकनाका अग्नि पीडित परिवारलाई खभाहिसद्वारा आर्थिक सहयोग

00-1-IMG-20230319-WA0235

सुकना: केही दिनअघि खस भारतीय हितकारी सम्मेलन सुकना शाखाका सदस्या श्रीमती सोममाया छेत्री एवं उनकी छोरा सुनिल छेत्रीको  घरमा आगलागी हुँदा सबै सम्पत्ति जलेर खरानी भएको थियोl खस भारतीय हितकारी सम्मेलन च्याङ्गा-पानीघट्टा आञ्चलिक समिति साथै सुकना शाखाको तर्फबाट आन्तरिक समवेदनासँगै आर्थिक सहयोग प्रदान गरियो। आञ्चलिक समितिका सभापति रवीन बाँस्तोला, केन्द्रीय सहसचिव तथा सुकना शाखाका कोषाध्यक्ष कृष्ण छेत्री, केन्द्रीय कमिटीका सदस्य भुवानीप्रसाद दुलाल, मेघराज शर्मा, शाखाका सभापति प्रा. मेघनाथ छेत्री, सचिव दुर्गा शर्मा, कार्यकारी सदस्य बिजय दाहाल आदिले आज अग्नि पीडित परिवारसँग भेट गरेl आञ्चलिक र शाखा समिति एवं केही व्यक्तिगत  तर्फबाट आर्थिक सहयोग प्रदान गरियो। यसरी आपतकालीन अवस्थामा खस भारतीय हितकारी सम्मेलनले सहयोग पुर्याएकोमा श्रीमती सोममाया छेत्री एवं सुनिल छेत्रीले आभार प्रकट गरेका छन्। स्मरण रहोस्, केही दिनअघि एका बिहानै  सुकना  पार्ट वान निवासी   श्रीमती सोममाया छेत्री तथा सुनिल छेत्रीको घरमा आगलागी भएर घरका सबै समानहरु खरानी भएका थिए। यस्तो स्थितिमा सबैले मानवताको  नाताले सहयोग गर्नु आवश्यक छ रहेको बताइएको छ। 

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *