साहित्यकार विष्णु शर्मा अधिकारीको स्मृतिमा शोक सभा

e432808d-3fa6-4f9e-b249-eac0f24ed7f2

कालचिनीः वयोवृद्ध साहित्यकार विष्णु शर्मा अधिकारीको गत १२ मार्चको दिन निधन भएको थियो भने तिनलाई श्रद्धाञ्जली व्यक्त गर्न विभिन्न साहित्यिक संस्था औ संगठनहरूले शोक सभा पालन गर्दै आईरहेको क्रममा सृजनशील समूह कालचिनीको आयोजनामा आइतबार डुवर्सको कालचिनीस्थित सृजनशील समूहको कार्यालयमा नै एउटा श्रद्धाञ्जली सभा सम्पन्न भयो।
उक्त शोक तथा श्रद्धाञ्जली सभामा सृजनशील समूहको संरक्षक तथा संस्थापक सदस्यहरू सागर राई देवान र आसबहादुर लिम्बुको प्रमुख उपस्थिति रहेको थियो भने समूहको सचिव चन्दन भट्टराईको सञ्चालनमा सम्पन्न सो सभामा प्रथमत विष्णु शर्मा अधिकारीको प्रतिकृतिमा धुपदीप प्रज्वलन एवम् खदार्पण समूहका सदस्यहरूले गरेको थियो।
साहित्य अभिभावक विष्णु शर्मा अधिकारीको निधनले डुवर्सेले नेपाली साहित्यिक फाँटलाई अपूर्णीय क्षति पुगेको र दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै समूहका सदस्यहरूले एक मिनटको मौन धारण पालन गरेको थियो। दिवङ्गत वयोवृद्ध साहित्यकार विष्णु शर्मा अधिकारीको समाज र साहित्यप्रतिको योगदानबारे सागर राई देवान र आसबहादुर लिम्बुले आ-आफ्नो संक्षिप्त विचार राखेपछि श्रद्धाञ्जली सभालाई समापन गरिएको थियो। सभामा उपस्थित समूहका सदस्यहरू नामग्याल लामा र कवि ज्ञानलाल दर्नालले हाम्रो साहित्यकारहरूको महत्व हामीले कहिले भूल्न नहुने भन्दै डुवर्सको साहित्यिक नक्षत्र वरिष्ट आख्यानकार तथा व्याकरणविद विष्णु शर्मा अधिकारी सदैव साहित्य आकाशमा चम्किरहने बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *