सिलगढी: सिलगढी सहरमा हिन्दु सभ्य समाजको तर्फबाट मार्च ३० मा रामनवमी पर्वको अवसरमा भव्य र्यालीको आयोजना गरिने भएको छ। र्यालीको तयारीका सम्बन्धमा संगठनको तर्फबाट आइतबार चम्पासरी नजिकै बैठक आयोजना गरिएको थियो। बैठकमा र्यालीसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको थियो। र्यालीमा धेरै संख्यामा सहभागी भई नगरवासीलाई संगठनले अपिल गरेको छ।

रामनवमी पर्वको सन्दर्भमा आज आयोजित कार्यक्रममा हिन्दू नागरिक समाजका अध्यक्ष आदित्यप्रसाद सोनी, प्रधानाध्यापक मनोज शर्मा, सामाजिक कार्यकर्ता डा जितेन्द्र सरिन, क्याबिनेट सचिव कवलजीत कौर, समाजवादी डा सचिनप्रसाद, सरबजीत सिंह चावलालगायतको उपस्थिति रहेको थियो।
Post Views: 30