पहाडमा अब जनताको विकल्प दल भाजपा मात्रै हो: कल्याण देवान

IMG-20230319-WA0254.jpg

सिलगढी: आज भाजपाको सभा निरपानी बस्तीको सार्वजनिक भवनमा सम्पन्न भयो। सभामा राज्य समिति सदस्यद्वय साथै उत्तर बंगाल प्रभारी मनोज देवान र हरिप्रसाद निरौला, जिल्ला उपाध्यक्ष एलएम लामा, महासचिवद्वय तुलसी प्रधान र सुजेन्द्र राई, सचिव सोनाम लामा, राजेन मुखिया र योगेश प्रधान, सुपेन्द्र प्रधान, सिद्धान्त अधिकारी लगायत पार्टीका अन्य नेतृत्वहरु उपस्थित थिए। सभामा पानीघट्टा, निरपानी, चेङ्गा, लोहागढ, सुकना आदि क्षेत्रबाट भाजपाको समर्थकहरु भेला भएका थिए। आजको सभाद्वारा सुकना पानीघटा मण्डल समिति नयाँ रुपमा सर्वसम्मतिले गठन गरियो। उक्त नयाँ मण्डल कमिटीमा अध्यक्ष बिक्रम छेत्री, उपाध्यक्षमा राजेन मंगर, प्रकाश खनाल, प्रेम प्रकाश राई, महासचिव रेणुका खवास, सचिवहरुमा नन्दु कोया,शरद छेत्री र राजेश गदाल, कोषाध्यक्ष बिणु छेत्री लगायत दशजना कार्यकारी सदस्यहरु चयन भएका छन्। अन्य रिक्त पदहरुमा मण्डल समिति बसेर पदाधिकारीहरू आगामी दिनमा चयन गर्ने भएका छन्। सभालाई जिल्ला सभापति कल्याण देवान, मनोज देवान, हरिप्रसाद निरोला, एलएम लामा, तुलसी प्रधान , सोनाम लामा अनि योगेश प्रधानले वक्तव्य राखेका थिए।वक्तव्य राख्ने क्रममा सभापति कल्याण देवानले नयाँ निर्वाचित मण्डल समितिलाई शुभेच्छा जनाउँदै यो मण्डल समतल र पहाडको साँघु मण्डल हो र सबै सक्रिय भएर संगठन सशक्तिकरणमा जाने अपिल गरे। हामीले नयाँ र पुरानो भन्ने सोचमा परिवर्तन गरी हामी भाजपाको परिवार हौं भन्ने सोचको विकास गर्नुपर्छ। अहिले पहाडमा प्रजातान्त्रिक मोर्चाको प्रशासनिक असफलता र झुठको राजनीतिको कारण जनताले विकल्प खोज्न थालिसकेका छन्। अबको पहाडको विकल्प दल भनेको नै भाजपा हो उनलेे भने।
जिल्ला सभापति कल्याण देवानले भने, ‘जीटीए असंवैधानिक व्यवस्थाले पहाडको जनता अघि थाक लागेको थुप्रो समस्याहरु समाधान होइन थुप्रो लागेर बसेको स्थितिले पहाडको जनता वाक्क-दिक्क भइसकेका छन्। ममता सरकारसित मिलेको भन्ने सपना देखाउँदै जनतालाई प्रजातान्त्रिक दल अनि जीटीएकाहरुले जनतालाई चरम धोका गरिरहेका छन्। जनता असली पर्जा पट्टा देऊ भन्दैछन् तर जीटीएकाहरु नक्कली र मालिकाना हक नभएको ५ डेसिमल जमीनको पट्टा बाँढ्न मरिहत्ते गरिरहेका छन्। जनताले यस्तो पटटा थाप्नु जबर्जस्त धोका हो।’
उनले अघि भने, ‘टिएमसी सरकारको छत्र-छाँयामा प्रजातान्त्रिककाहरु अहिले अभियान्ताहरुसित मिलेर सबै विभागमा व्यापक भ्रष्टाचार गर्न तल्लीन छन्। जनताको राशनमा, पिउने पानीमा, सयदिने रोजगार लगायतका विभागहरुमा भ्रष्टाचार मौलाएको छ। जनताको हक र अधिकारको रक्षा गर्नु हो भने पहाडको जनता अब सचेत भई अघि बढनु जरुरी छ। हामी जनताको पक्षमा सधैं छौं । अब भाजपाको संगठन जनताको पक्षमा उभिने छ। हामी केन्द्र सरकारसित सदैव सम्पर्कमा छौं र हाम्रो समस्याहरु समाधान हुनुपर्छ भनी सांगठनिक दवाउ दिइरहेका छौं। हामीलाई विश्वास छ केन्द्रीय सरकारले गोर्खा जातिलाई न्याय दिने नै छ। उनले सबैलाई संगठित बन्ने अपील पनि गरे।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *