स्टार्टअप २०को समाप्तिपछि नीतिगत सिफारिशहरू प्रदान गरिने छन्: डा. चिन्तन वैष्णव

IMG_20230318_234340.jpg

गान्तोक: जी २० अन्तर्गत राजधानीमा शनिवारदेखि दुई दिवसीय स्टार्टअप २० सिक्किम सभा शुरू भएको छ। यस सभामा १५ देशका ४९ र भारतका १३० प्रतिनिधि सहभागी रहेको जानकारी स्टार्टअप २० का अध्यक्ष डा. चिन्तन वैष्णवले आज आयोजित एक संवाददाता सम्मेलनमा बताएका छन्। अध्यक्ष वैष्णवले स्टार्टअप २० को पहिलो सभा हैदराबादमा आयोजन गरिएको जहाँ २५ देशका प्रतिनिधिहरू उपस्थित रहेको जानकारी गराए। उनले त्यस सभामा उपस्थित प्रतिनिधिहरूका प्रतिक्रियाको आधारमा एउटा दस्तावेज तयार गरिएको र त्यसै दस्तावेजमाथि सिक्किममा चर्चा शुरू
भएको बताए। उनले स्टार्टअप २० अन्तर्गत अझै पनि तीनवटा सभा प्रस्तावित रहेको र अन्तिम सभा गुडगाउँमा आयोजन गरिने बताए। उनले अन्तिम सभापछि जी२० देशका उद्यमशीलता र नवाचार प्राथमिकताहरूमाथि नीतिगत सिफारिश प्रदान गरिने छ भनी बताए। उनले यसमा संसारका स्टार्टअप इको सिस्टम एकअर्कासँग मिलेर कसरी काम गर्न सकिन्छ भन्ने सिफारिश सामेल रहने बताए। यसरी नै भारत सरकारको विदेश मन्त्रालयका संयुक्त सचिव आशिष सिन्हाले जी२० अन्तर्गत स्टार्टअप २० एउटा नयाँ इङ्गेजमेन्ट ग्रुप रहेको र यो कदम उठाउनु त्यति सहज थिएन भनी बताए। तर, आज स्टार्टअप २० ले एकदमै राम्रो प्रतिक्रिया प्राप्त गरिरहेको उनले जानकारी गराए। स्टार्टअपको क्षेत्रमा भारतीयहरूको क्षमता र प्रोत्साहन पाएको खण्डमा अगाडि बढ्न सक्छन् भन्ने प्रधानमन्त्री नरेन्द्र मोदीसहित नेतृत्वहरूको विश्वासका कारण यसलाई चयन गरिएको उनले स्पष्ट पारे। केन्द्रिय वाणिज्य एवं उद्योग मन्त्रालयकी प्रधान अर्थतन्त्र सल्लाहकार रूपा दत्ताले स्टार्टअप एउटा नयाँ उदीयमान र जीवन्त क्षेत्र रहेको र यसलाई अगाडि बढाउनु आवश्यक रहेको बताइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *