चामलिङको राजनीति सिक्किम होइन परिवार बचाउने राजनीति गरिरहेको आक्षेप अभिनाष याखाको

IMG-20230318-WA0001.jpg

गान्तोक: पूर्व मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष पवन चामलिङले अहिले गरिरहेको राजनीति सिक्किम बचाउने होइन उनको परिवार बचाउने राजनीति रहेको एसकेएम कार्यकर्ता अभिनाष याखाले दाबी गरेका छन्। उनी आज राजधानीमा आयोजित एक संवाददाता सम्मेलनमा बोल्दै थिए
एसडीएफ पार्टीले हिजो याङगाङमा सिक्किम बचाउ अभियान आयोजन गरेको थियो भने एसकेएम कार्यकर्ताहरूले चामलिङ गो ब्याकको नारा लगाएका थिए। यस सन्दर्भमा बोल्दै याखाले एसडीएफमाथि एसकेएम कार्यकर्ताहरूलाई उत्तेजित बनाउने काम गरेको आरोप लगाए। एसकेएम कार्यकर्ताहरूको त्यसरी नारा लगाउने अभिप्राय नरहेको, तर एसडीएफको गतिविधिका कारण एसकऐम कार्यकर्ताहरूले नारा लगाएको उनले स्पष्ट पारे। पवन चामलिङ तथा एसडीएफ कार्यकर्ताहरूले हेलमेट लगाएर आएको विषयमा प्रतिक्रिया गर्दै उनले यसलाई स्टन्टको संज्ञा दिए। चामलिङले आफ्नो सम्बोधनमा प्रयोग गरेका शब्दहरूको पनि उनले आलोचना गरे। उनले २५ वर्ष मुख्यमन्त्री गरेका व्यक्ति विचारहरूको स्रोत बन्नु पर्ने हो भनी बताए। उनले पवन चामलिङको सोच सिक्किम सापेक्षित नरहेको ठहर गरे। उनले वर्तमान सरकारमाथि विश्वास गर्नु पर्छ र चामलिङको गोहीको आँसुमा भुलिनु हुँदैन भनी राज्यवासीहरूलाई आह्वान पनि गरे।यसैगरी, गजबीर सुब्बाले पूर्व मुख्यमन्त्री चामलिङमाथि आफ्नो २५ वर्षे शासनकालमा एक दिन पनि याङगाङ राङगाङ निर्वाचन क्षेत्रका चर्चहरू पाइला नटेकेको आरोप लगाए। उनले प्रतिमान चामलिङले उनको बहिनी ज्वाईलाई इसाई धर्मबाट जबरजस्ती धर्म रूपान्तरण गर्न लगाएको गम्भीर आरोप लगाए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *