एसयुआईटी २०२३: अन्तिम मिति ३० मार्च २०२३

00-1-IMG-20230315-WA0134

सिलगढी: केन्द्रीय विश्वविद्यालय प्रवेश जाँच (सेन्ट्रल युनिभर्सिटी इन्ट्रान्स टेस्ट- एसयुआईटी)-ले गत ९ फरवरीमै विज्ञापन गरेर भारतभरिका केन्द्रीय विश्वविद्यालयहरूमा भर्ना लिनाका लागि आह्वान गरेको थियो। अझ धेरै प्रत्याशीहरूले थाहा पाएकै छैनन्। अन्तिम मिति ३० मार्च हुनाले समयमै पञ्जीकरण गरी आवेदन गर्नुपर्नेछ। अचेल एक-एकवटा विश्वविद्यालयका आआफ्नै प्रवेश परीक्षा हुँदैनन्। भारतभरिका केन्द्रीय विश्वविद्यालयहरूका लागि एउटै परीक्षा हुने गर्दछ। त्यो परीक्षा केन्द्रीय जाँच एजेन्सी (एनटीए)-ले लिने गर्दछ। अहिले बाह्रौँ श्रेणी पढ्दै गर्नेले स्नातक (ग्रेजुएशन)-का लागि र अहिले तेस्रो वर्ष स्नातक पढ्दै गर्नेले स्नातकोत्तर (पोस्ट ग्रेजुएशन)-का लागि एनटीए-को फर्म ३० मार्च २०२३-भित्र भर्नु पर्नेछ। यसका लागि एनटीए-को वेबसाइट https://cuet.nta.nic.in/ -मा जानुपर्नेछ।

स्मरण गराइन्छ, काशी हिन्दू विश्वविद्यालय, जवाहरलाल नेहरू विश्वविद्यालय, दिल्ली विश्वविद्यालय, त्रिपुरा विश्वविद्यालय, तेजपुर विश्वविद्यालय, नर्थ इस्ट हिल युनिभर्सिटी – शिलङ, हैदराबाद विश्वविद्यालय, सिक्किम विश्वविद्यालय आदि केन्द्रीय विश्वविद्यालय हुन्। केन्द्रीय विश्वविद्यालयमा विभिन्न विषय पढ्नका लागि धेरै सुविधा रहेका हुन्छन्। केन्द्र सरकारको अधीनमा हुनाले शुल्क पनि धेर हुँदैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *