नेसाप, सिक्किमले वैशाखी पर्व भव्यतासित पालन गर्ने

Screenshot_20230313_235512_Google.jpg

गान्तोक: नेपाली साहित्य परिषद् सिक्किमले आउँदो वैशाखी पर्व राज्य स्तरमा हर्षोल्लासका साथमा भव्यतापूर्वक पालन गर्ने निर्णय लिएको छ। यसपल्ट परिषद्ले राजधानी गान्तोकको एमजी मार्गमा विविध सांस्कृतिक कार्यक्रमको साथमा वैशाखी पर्व पालन गर्नेछ। नेपाली साहित्य परिषद् सिक्किमका अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा आज बसेको १३औँ कार्यकारी समितिको बैठकले यस्तो निर्णय लिएको छ।

१४ अप्रेल २०२३-को दिन आयोजन गरिने समारोहमा परिषद्ले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई मुख्य अतिथिका रूपमा आमन्त्रण गर्ने पनि निर्णय लिएको छ। परिषद्ले नेपाली भाषा परामर्श समितिको संयोजकको पदमा नियुक्त भएका साहित्यकार डा. शंकरदेव ढकाललाई आगामी १५ मार्च २०२३-को दिन रम्फूमा भव्य स्वागत जनाउने आजको बैठकले प्रस्ताव ग्रहण गरेको छ। यसरी नै छिमेकी राष्ट्र नेपालमा हाल सम्पन्न भइरहेको पोएट आइडलमा सिक्किमको प्रतिनिधित्त्व गर्दै भाग लिन गएकी कवि सुश्री निलम गुरुङलाई जिताउन अपील गर्दै परिषद्ले थप सहयोग पुऱ्याउने पनि निर्णय लिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *