शारदा राई सुब्बा लगायत 6 जना नेतृत्वहरू हाम्रो पार्टीमा सामेल

IMG-20230227-WA0194.jpg

दार्जीलिङ: शारदा राई सुब्बा लगायत ६ जना नेतृत्वहरू हाम्रो पार्टी सामेल भएका छन्। दार्जिलिङ शहरको माल रोडस्थित हाम्रो पार्टीको केन्द्रीय कार्यालयमा एक विशेष सभा सम्पन्न भयो। उक्त सभामा हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवर्ड विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै अन्य केन्द्रीय नेतृत्वहरूमा पार्टी केन्द्रीय महसचिव फुर्तेम्बा भोटिया, केन्द्रीय सांगठनिक सचिव बिक्रमादि राई,सभासद प्रतिम सुब्बा, सभासद रोबर्ट छेत्री, दार्जीलिङ नगरपालिकाको पूर्व चेयरम्यान रितेश पोर्तेल आदि उपस्थित रहेका थिए। सभामा हाम्रो पार्टीको भिजन र इमान्दारिताको प्रशंसा गर्दै शारदा राई सुब्बा हाम्रो पार्टीमा सामेल भए। त्यसरी नै अञ्जनी शर्मा भूजेल,अमृत प्रधान,पूरण तामाङ, सुरज राई, हद्रय लामा संदेष,रमेश तामाङ आदिले हाम्रो पार्टीलाई चुनेको र यी नेतृत्वहरूलाई हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले स्वागत जनाउँदै पार्टीको झण्डा सुम्पेका छन्। त्यसरी नै हाम्रो पार्टीको अन्य नेतृत्वहरूले पनि हाम्रो पार्टीमा सामेल भएका नेतृत्वहरूलाई खदा लगाउँदै स्वागत जनाए। यसै क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले हाम्रो पार्टी एंव हामीले जनताको हितमा नै काम गर्दै आएको हुनाले अनुभवी नेतृत्वहरू हाम्रो पार्टीसंग जोडिन्दै जाँदैछ अनि हाम्रो निम्ति खुशीको कुरा पनि हो भनी बताए। उनले भने, “हामी गणतन्त्रमाथि विश्वास गर्छौं। त्यसैकारण हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष पदको हरेक चार वर्षमा चुनाव हुनेछ अनि यो कुरा हाम्रो पार्टीको संविधानमा पनि उल्लेख गरिएको छ। हाम्रो पार्टीमा अनुभवी एंव इमान्दार नेतृत्वहरू सामेल हुँदैछ अनि हाम्रो पार्टीको अध्यक्ष म नै हुनुपर्छ भन्ने छैन।”

बातचीतको क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले अघि भने, ‘हाम्रो पार्टीमा सामेल हुनेहरू अन्य पनि धेरै छन् तर यसैबीच बंगाल विधान सभामा राज्यको सत्तारूढ दल तृणमूल काङ्ग्रेसले बंगाल विभाजनको विरोधमा प्रस्ताव पारित गरेको घटना साथै विधान सभाभित्र राज्यको एक जिम्मेवार मंत्रीले गोर्खाहरूलाई अनुप्रवेशकारी अनि आदिवासीहरूलाई अप्रवासी जस्ता बताएका घटनाहरूले आफुहरू व्यस्त हुन परेको छ। विधान सभामा बंगाल विभाजनको विरोधमा प्रस्ताव अनि राज्यको एक जिम्मेवार मंत्रीले हामी गोर्खाहरूलाई अनुप्रवेशकारी ठहराएको हामी कधापी भूल्ने छैनौं। हाम्रो पार्टीको निर्वाचित सभासदहरू लगायत अन्य निर्दलीय सभाहरू यस विषयमाथि लागि परेका छौं। यी विषयहरूमाथि चर्चा परिचर्चा गर्न हामी सिक्किम जानेछौं अनि त्यहाँका बुद्धिजीवीहरुसँग सल्लाह र सुझावहरू लिनेछौं।”
उनले अघि भने, ‘बंगाल विभाजनको विरोधमा प्रस्ताव र मंत्रीको गैर जिम्मेदार बयानको विरोधमा स्वाभिमान संघर्ष समितिका नेतृत्वहरूले गाउँ गाउँमा गएर मानिसहरूलाई बुझाउने कामहरू गर्दै आईरहेको छ। हामी भारतीय गोर्खाहरूलाई अनुप्रवेशकारी, विदेशी आदि जस्ता आरोप र लाञ्छानाहरू लगाउँदै आईरहेका छन्। यस्ता आरोप र लाञ्छनाहरूदेखि निजात पाउन हामीले सठीक उपायहरू खोजी निकाल्ने कार्यमा लागि परेका छौं।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *