कालचिनीः बुधबार राष्ट्रिय मतदाता दिवस अर्थात नेशनल भोटर्स डे आज सम्पूर्ण प्रशासनिक तहमा पालन हुने क्रममा अलिपुरद्वार जिल्ला प्रशासनिक भवन डुवर्सकन्यामा अलिपुरद्वार जिल्ला प्रशासक सुरेन्द्र कुमार मीणा लगायत जिल्लाका एआरओ र बीएलओ एवम् नयाँ मतदाताहरूको उपस्थितिमा नेशनल भोटर्स डे पालन गरियो।
यस अवसरमा विभिन्न ब्लक स्तरको सर्वश्रेष्ठ बीएलओ औ नयाँ मतदाता विद्यार्थीहरूलाई पुरस्कार प्रदान पनि गरीएको थियो।
राज्यस्तरमा नै अलिपुरद्वार जिल्ला प्रशासनलाई सर्वश्रेष्ठ मतदाता जागरूकता कार्यमा पुरस्कार प्रदान गरेकोमा जिल्ला शासक सुरेन्द्र कुमार मीणाले सम्पूर्ण जिल्लावासीलाई धन्यवाद ज्ञापन गरेका छन् भने आज यसै अवसरमा नेशनल भोटर्स डे को झाँकी बोकेको वाहन जिल्ला प्रशासनले निकालेको थियो भने उक्त झाँकी बोकेको वाहन सम्पूर्ण ब्लकहरूमा परिभ्रमण गर्ने बताईएको छ।
About Author
Post Views: 159