गान्तोक: देशको राजधानी नयाँ दिल्लीमा गणतन्त्र दिवसको अवसरमा आयोजित राष्ट्रीय पाइप व्याण्ड प्रतियोगितामा सिक्किमले पहिलो स्थान हासिल गरेको छ। उक्त प्रतियोगितामा नाम्ची कन्या विद्यालयका पाइप ब्याण्ड टोलीले सहभागिता जनाएको थियो,जलमा विजयी बन्न सफल भएको छ। गत २२ जनवरीको दिन दिल्लीस्थित नेशनल वार मेमोरियलमा सम्पन्न भएको पाइप व्याण्ड प्रतियोगितामा सिक्किमले उत्कृष्ट प्रदर्शन गरेको थियो। भारत सरकारको शिक्षा मन्त्रालय र रक्षा मन्त्रालयको संयुक्त पहलमा आयोजित यस प्रतियोगितामा २५ वटा टोलीले अंशग्रहण गरेको थियो।

उक्त विद्यालयका प्रचार्य,शिक्षक साथै विद्यार्थीहरूले यस प्रकारको अवसर उपलब्ध गराएकोमा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङलाई धन्यवाद दिदै आभार प्रकट गरेका छन्।
Post Views: 23