गान्तोकमा एसकेएम युवा शाखाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

IMG-20230124-WA0254.jpg

गान्तोक: एसकेएम पार्टीका महासचिव अरुण उप्रेतीको उपस्थितिमा एसकेएम युवा शाखाले राजधानी स्थित एक होटलमा परिचयात्मक अन्तरक्रिया कार्यक्रम आयोजन गर्‍यो। महामन्त्री अरुण उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मुख्यमन्त्रीका प्रेस सचिव बिकास बस्नेत एसकेएम युवा शाखा अध्यक्ष लाक्पा मोक्तान, महासचिव पुजन राई, अतिरिक्त मुख्य सचिव पूर्व सिक्किम छिरिङ वाङ्चुक लेप्चा,अध्यक्ष पुजा शर्मा, अध्यक्ष सोनाम शेर्पा लगायत युवा शाखाका राज्य स्तरीय कार्यकारिणी सदस्य र पार्टीको विभिन्न १८ वटा भातृ संगठन का प्रमुख नेत्रित्व पंक्ति लगायत भर्खरै विपक्षी एसडीएफ पार्टी त्यागेर सत्तारुढ एसकेएममा सामेल भएका वरिष्ठ व्यक्तित्व तथा बौद्धिक जमातको उपस्थिति रहेको थियो। नयाँ सदस्यहरुको निम्ति परिचय आदानप्रदान साथै अन्तरक्रिया कार्यक्रम गर्न यो कार्यक्रम आयोजना गरिएको थियो भने कार्यक्रममा एसकेएम पार्टीका सांगठनिक प्रमुखद्वारा सरकारले गरेको विभिन्न जनपक्षीय कामहरु साथै संगठनले गरिरहेको कामको पूर्ण विवरण उपस्थित बौद्धिक जमातहरुलाई जनाए। उपस्थित नयाँ सदस्यहरुले पनि आफ्नो पक्षबाट पार्टीलाई पूर्ण रुपले सहयोग गर्ने अठोट गर्दै आ-आफ्नो पक्षबाट सुझावहरू राखेका थिए। युवा शाखाको यस ऐतिहासिक कार्यक्रमले तृणमुल स्तरमा पार्टीको गतिविधि मज्बुत रहने उपस्थित व्यक्ति विशेषले आफ्नो सम्बोधनमा प्रष्ट पारे भने एसकेएम सरकारले गरेको काम र सम्माननीय मुख्यमन्त्री श्रीमान प्रेम सिंह तामाङ गोलेको निश्पक्ष बिचार,समावेशी सोच अनि विकाशीय दीर्गम्यादि योजना,युग सापेक्ष कार्य अनि स्वास्थ, शिक्षा कृषि तथा अन्य क्षेत्रमा सराहनीय कार्य गरेको देखेर सत्तारूढ एसकेएममा सामेल भएको जानकारी गराउँदै अब उसो पार्टीको निति सिद्धान्त अनुरुप पार्टीमा काँध मिलाएर काम गर्ने पनि जनाए। कार्यक्रममा उपस्थित अतिथि गणलाई सम्बोधन गर्दै पार्टी महामन्त्री अरुण उप्रेतीले सर्वप्रथम सबै उपस्थित समूहलाई स्वागत गर्दै पार्टीको निति सिद्धान्त साथै शुन्य शत्रुको राजनीतिबारे स्पष्ट पार्दै एसकेएम पार्टीमा नयाँ पुरानो भन्ने कुनै भेद नरहेको अवगत गराए सम्माननीय मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेको नेत्रित्वमा रहेको वर्तमान सरकारले राज्यमा सोचे भन्दा अधिक काम गरिरहेको अवगत गराउँदै २५ वर्षमा पूर्व सरकारले सोच्न नसकेको काम वर्तमान मुख्यमन्त्री श्रीमान प्रेम सिंह तामाङ गोलेको नेत्रित्वमा उल्लेखनीय कामहरु भइरहेको मन्तव्य प्रकट गरे।

पार्टी अध्यक्षको नेत्रित्वमा यो आदान प्रदान परिचयात्मक कार्यक्रम साथै अन्तरक्रिया सभा आयोजन गरिएको जसको आयोजन एसकेएम युवा शाखाले गरेको बताउदै यस्तो ऐतिहासिक बौद्धिक कार्यक्रम आयोजना गरेकोमा पार्टीको तर्फबाट अध्यक्ष लाक्पा मोक्तान साथै सम्पूर्ण टोलीलाई धन्यवाद व्यक्त गर्दै अब उसो थप नयाँ सदस्यहरुको आगमनले पार्टीको तृणमुल स्तरमा अझ मजबुत हुने विचार व्यक्त गरे। उनले पार्टीका अग्रिम पंक्तिका कार्यकारिणी सदस्यहरुले पनि अब उसो सबैलाई समेटेर पार्टीको काम गर्नुपर्ने कुरामाथि जोड दिँदै विभिन्न बुद्धिजीवी साथै अनुभवी नेताहरु एसकेएम पार्टीमा सामेल हुनाले पार्टीको मूल स्तम्भ झन दह्रिलो भएको भएको पनि बताएका थिए। वर्तमान सम्माननीय मुख्यमन्त्री श्री प्रेम सिंह तामाङको नेत्रित्वमा रहेको सरकारले हरेक तप्कामा काम गरिरहनु भएको छ,उक्त कामले राज्यका सम्पूर्ण जनता समेटेर धेरै भन्दा धेरै प्रगति गरिरहेकोले जनता धेरै खुसी छन् तर केही अवसरवादिहरुले व्यक्तिगत फाइदाको निम्ति नकारात्मक प्रचारप्रसार गरिरहेको र त्यस्तो प्रकारको अफवाहले अब केही फरक नपर्ने अनि आउँदो २०२४ को चुनावमा एसकेएम पार्टीले बहुमतले सरकार बनाउने उनलेे ठोकुवा ठोकुवा गरे। अब उसो सबैले पार्टी अध्यक्ष साथै सम्माननीय मुख्यमन्त्रीलाई अझ धेरै साथ दिएर सक्दो सहयोग गरी राज्य निर्माणमा सहयोग गर्न सबैलाई आग्रह गरे। उनलेे सबैलाई समेटेर युवा शाखाले अबोप्रान्त यस्तो धेरै कार्यक्रमहरु आयोजन गर्ने छ जसको फाइदा पार्टीलाई मात्र नभएर सम्पूर्ण शिक्षित युवापिडिहरुलाई हुने पार्टीका सेक्रेटरी जेनरल अरूण उप्रेतीको भनाइ थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *