विद्या भारतीको पूर्व क्षेत्रको योजना बैठक सम्पन्न।

23-10-27-bbb_378_H@@IGHT_0_W@@IDTH_600.jpg

गान्तोक: गत २३ देखि २४ जनवरीसम्म पश्चिम मेदिनीपुरको केसियाडीस्थित सरस्वती विद्या मन्दिरमा विद्या भारती अखिल भारतीय शिक्षा संस्थानको क्षेत्रीय समिति विद्या भारती पूर्व क्षेत्रको योजना बैठक सम्पन्न भयो ।यस बैठकमा सिक्किमबाट विद्या भारती सिक्किमका महासचिव विजयकुमार शर्मा र संयोजक मोहन शर्माको सहभागीता रहेको थिए। बैठकमा २९२३-२४ को क्षेत्रीय वार्षिक योजना एवं कार्यक्रम तय गरिएको छ। बैठकमा साधारण सभा, शोध, गणित-विज्ञान मेला, खेलकुद समारोह, क्षेत्रीय कार्यकारिणी, प्रचार-प्रसार, जनजाति शिक्षा जस्ता विषयहरूमाथि विस्तारपूर्वक चर्चा भयो ।बैठकमा क्षेत्रीय विषय प्रमुख क्षेत्रीय पदाधिकारीहरू र प्रान्तका पदाधिकारी कार्यकर्ताहरू उपस्थित थिए। सिक्किमबाट २ उत्तर बंगबाट ५, ओडिशाबाट १८ र दक्षिण बंगबाट ४ गरि कुल २९ पदाधिकारी सहभागी बनेको जानकारी विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *