नेमारको खुट्टामा चोट

IMG-20221125-WA0110.jpg

२५ नोभेम्बरः पाँचपल्टको च्याम्पियन ब्राजीलले फीफा वर्ल्ड कपमा सर्बिया विरुद्ध २-०-ले जीतको साथ आफ्नो अभियान शुरु गऱ्यो। पहिलो म्याच जिते पनि ब्राजीलका स्टार स्ट्राईकर नेमारलाई चोट लाग्यो। उनी आउँदो म्याचसम्म फिट हुने सम्भावना रहेको छ। ब्राजील टीमका चिकित्सक रोड्रिगो लेसमरले बताएअनुसार, नेमारको दाहिने खुट्टा मर्किएको छ। सोमवार स्विट्जरल्याण्ड विरुद्ध खेलिने म्याचको निम्ति नेमार उपलब्ध रहनेछन् या छैनन् भन्ने विषयमा चाहिँ उनले स्पष्ट केही जनाएनन्। लेसमरले भने, डगआउटको बेञ्चमा अनि पछिबाट फिजियोथेरेपीको अवधि पनि हामीलाई पीढ़ा रहेको जग्गामा बरफको प्रयोग गऱ्यौं। चोटको गम्भीरताबारे अहिले पत्तो लागेको छैन। अहिले उनी चिकित्सकहरूका देखरेखमा रहेका छन्। उल्लेखनीय छ, यसअघि २०१४ वर्ल्ड कपको अवधि पनि नेमार चोटले गर्दा थला परेका थिए। ब्राजीलमै भएको त्यस वर्ल्ड कपमा कोलम्बिया विरुद्ध क्वार्टर फाइनल म्याचको अवधि नेमारको ढाड़मा चोट लागेको थियो अनि उनी टुर्नामेण्टबाट बाहिर भएका थिए। त्यस समय नेमारको अनुपस्थितिमा ब्राजीलले सेमिफाइनलमा जर्मनी विरुद्ध ७-१-ले हारको सामना गर्नु परेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *