पेलिङ उच्चत्तर माध्यमिक विद्यालयले पालन गऱ्यो वार्षिक दिवस

IMG-20221124-WA0295.jpg

गान्तोक: पेलिङ उच्चत्तर माध्यमिक विद्यालयले वार्षिक दिवस भव्यरूपमा पालन गऱ्यो। यस अवसरमा मुख्य अतिथिकोरूपमा मन्त्री भीम हाङ सुब्बा रहेका थिए भने विशिष्ट अतिथिमा सिड्डीकोका अध्यक्ष जनक गुरूङ लगायत विद्यालयका शिक्षकवर्ग आदिको रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रीले मुख्यमन्त्री मेधावी छात्रवृत्ति योजनाबारे संक्षिप्तमा जानकारी गराए। सरकारले शुरू गरेको उक्त योजना अद्वितीय शैक्षिक योजना रहेको जसले सरकारी विद्यालयहरूमा अध्ययन गर्ने सिक्किमे विद्यार्थीहरूको आवश्यकता पुरा गर्ने बताए। मन्त्रीले यस विद्यालयका पूर्व लाइब्रेरियन दिलुराम छेत्रीको असामयिक निधनमा शोक व्यक्त उनले विद्यालयलाई दिएको महत्वपूर्ण योगदानबारे पनि जानकारी गराए।आजको यस कार्यक्रममा विद्यालयमा अथक सेवा गर्ने ज्येष्ठ नागरिक तथा समाजसेवीहरुलाई विद्यालयले सम्मान पनि जनायो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *