गान्तोक: राज्यमा दिन प्रतिदिन नशालु पदार्थको धन्दामा वृद्धि भइरहेको छ। सिक्किम पुलिसले ड्रग्समुक्त राज्य बनाउने उद्देश्यले अभियान शुरू गरेता पनि यसमा कमी भने आएको छैन्। यसै क्रममा मल्ली पुलिसले नशालु पदार्थ सहित दुई जनालाई पक्राउ गरेको बताएको छ। पुलिसले जानकारी गराए अनुसार पक्राउ पर्ने आरोपी मिडल तादोङ कलुक निवासी गणेश कुमार गुरूङ र कामलिङ न वासी हाविल दासकोरूपमा चिन्हित गरेको छ। आरोपीबाट पुलिसले १२० वटा विन्डलास विन्सपास्मो फोर्ट क्याप्सुल फेलापारेको छ। आरोपीले एउटा कार्टुनमा नशालु पदार्थ लिएर आइरहेको थियो। पुलिसले आरोपीद्वयविरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गरेको छ।
About Author
Post Views: 176