स्वतन्त्रता सेनानी गागा छिरिंग डुक्पा डिग्री कलेज (सुकिया पोखरी) फाइनलमा

IMG_20221124_194312.jpg

२४ नोभेम्बरः माझीधुरा परमेण्ट युनाइटेड फूटबल क्लब (सुकिया पोखरी, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित ओपन फूटबल टुर्नामेण्टमा बिहीवार पहिलो सेमिफाइनल म्याच खेलियो। माझीधुरा खेल मैदानमा भएको चरम रोमाञ्चक म्याचमा स्वतन्त्रता सेनानी गागा छिरिंग डुक्पा डिग्री कलेज (सुकिया पोखरी)-ले युनाइटेड रंगबूल फूटबल क्लबलाई १-०-ले पराजित गऱ्यो। म्याचमा युनाइटेड रंगबूल फूटबल क्लबका खेलाड़ी नीमा वांगदीले आत्मघाती गोल गरे। आज म्याचमा पराजित हुने युनाइटेड रंगबूल फूटबल क्लबलाई ट्रफीको साथमा १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

अब शुक्रवार दोस्रो सेमिफाइनल तरुण खेलकुद संघ र चुंगथुंग एफसी-बीच खेलिनेछ। यसरी नै फाइनल २७ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *