सिमिक-लिङजेमा कृषि मन्त्रीको बाहुलीबाट विभिन्न सहुलियत वितरण

IMG-20220531-WA0157.jpg

गान्तोक। सिक्किम सरकारको कृषि, बागवानी तथा पशुपालन विभागले कृषि मार्फत ग्रामीण अर्थव्यवस्थालाई मजबूत गराउन किसानहरूलाई विभिन्न माध्यमबाट सहयोग पुऱ्याउने काम गरिरहेको छ। केन्द्र सरकार र राज्य सरकारका योजनालाई कृषकसम्म पुऱ्याउनसितै योजनाबारे उनीहरूलाई जागरुक गराउन विभागले राज्यका सबै निर्वाचन क्षेत्रमा कार्यक्रम आयोजना पनि गर्दै आएको छ। यसैक्रममा मंगलबार पूर्व सिक्किमको सिङ्ताम-खाम्दोङ निर्वाचन क्षेत्रको निम्ति सिमिक लिङ्जे ग्राम प्रशासन केन्द्रमा किसान जागरुकतासितै सहुलियतको टोकन वितरण कार्यक्रम आयोजना गरियो। क्षेत्र विधायक तथा सिक्किम सरकारका स्वास्थ्य मन्त्री डा एमके शर्माको आतिथ्यमा आयोजित कार्यक्रममा कृषि तथा पशुपालन विभागका मन्त्री लोकनाथ नेपालको पनि उपस्थिति रहेको थियो। कृषि सहुलियत तथा सहयोग वितरण कार्यक्रम अवधि क्षेत्रका कुल ५६१ किसानहरूलाई कृषि, बागबानी र पशुपालन विभागको पक्षबाट लगभग एक करोड २१ लाख रुपियाँ बराबरको सामग्री वितरण गरियो। आफ्नो सम्बोधनमा कृषि मन्त्री लोकनाथ नेपालले ग्रामीण अर्थव्यवस्थालाई मजबूत गराउन एसकेएम सरकारले ग्राम विकास र कृषि क्षेत्रमा बढी ध्यान केन्द्रित गरेको बताए। यस अवसरमा सिमिक लिङ्जे डुङडुङ खासा ग्राम पञ्चायतलाई प्रधानमन्त्री कृषि सिंचाई योजनाको क्लस्टर बनाउने र सिमिक लिङ्जे ग्राम पञ्चायतमा कस्टम हायरिङ सेन्टर बनाउने मन्त्री लोकनाथ नेपालले घोषणा गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *