दार्जीलिङ चाइल्डलाइन खरसाङ उपकेन्द्रको आयोजनामा ‘चाइल्डलाइन से दोस्ती’ सप्ताहव्यापी कार्यक्रम (फोटो फिचर)    

00-CDS-1

टीआरआई समाचार

खरसाङ: गएको १४ नोभेम्बर राष्ट्रिय बाल दिवसको दिनदेखि दार्जीलिङ चाइल्डलाइन खरसाङ उपकेन्द्रको आयोजना ‘चाइल्डलाइन से दोस्ती’ अर्थात ‘चाइल्डलाइनसित मित्रता’अन्तर्गत विभिन्न कार्यक्रमहरु आयोजना भइरहेको छl यस सप्ताहव्यापी कार्यक्रममा बालबालिकाहरुको अधिकार र सुरक्षालाई लिएर विभिन्न किसिमले सर्वसाधारणलाई जागरुक गराउने कार्य भइरहेको छl स्ट्रीट कर्नर, सुरक्षा बन्धन, भित्तामा चित्रहरु बनाउने कार्य यस कार्यक्रममा समावेश रहेको छl स्ट्रीट कर्नरमा सर्वसाधारणलाई चाइल्डलाइन र यसबाट बालबालिकाहरुका लागि उपलब्ध हुने सेवा र सुविधाहरु बारेमा जानकारी दिने कार्य भइरहेको छl हातमा सुरक्षा बन्धन बाँधेर बालबालिकाहरुको अधिकार र सुरक्षाका लागि समाजका हरेक तप्काका मानिसहरुलाई आफ्नो दायित्व बारे अवगत गराउँदै सदा सदैव जागरुक रहने आहवान गरिएको छl यस कार्यक्रममा एसएजी (केपी), खरसाङको विशेष सहभागिता रहेको छl

 अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा शनिबार दार्जीलिङ चाइल्डलाइन खरसाङ उपकेन्द्रको आयोजना बाल अधिकार र बालबालिकाहरुको सुरक्षा गर्ने आहवान गर्दै लेखिएका प्ला कार्डहरु हातमा बोकेर खरसाङ बजारमा मौन जुलुस निकालियोl यस मौन जुलुसमा सन् साइन स्कूलका विद्यार्थीहरु र शिक्षकहरु, गैर सरकारी संस्था लेट्स गो फाउन्डेसन, सिपाहीधुरा, आवाज, पुलिस बल र सिभिक पुलिसहरु, राष्ट्रिय स्तरका फूटबल खेलाडी नगेन तामाङ, एसएजी (केपी) को सहभागिता रहेको थियोl

विशेष गरि बालबालिकाहरु कुनै क्षेत्रबाट कुनै पनि किसिमले शोषित र उत्पीडित हुँदा मौन शिकार हुने गर्छन्l यसकारण यो जुलुसले पनि त्यहि मौनतालाई उजागर गरेको छl दार्जीलिङ चाइल्डलाइन खरसाङ उपकेन्द्रकी प्रभारी ईशा लेप्चाले बताएअनुसार यो सप्ताहव्यापी कार्यक्रमको उद्देश्य समाजका हरेक क्षेत्रका मानिसहरुलाई बालबालिकाहरुको अधिकार र सुरक्षा बारेमा दायित्व बुझाउनु रहेको छl यसका साथै बालबालिकाहरुको सुरक्षामा समाजका सबै वर्ग सक्रिय रुपमा अघि जागरुक रहने पर्ने उनले बताइन्l चाइल्डलाइन भारत सरकारको महिला अनि बाल विकास मन्त्रालयको योजना हो, यता खरसाङमा गैर सरकारी संस्था कन्चनजंघा उद्धार केन्द्रले सन् २०११ देखि दार्जीलिङ चाइल्डलाइन खरसाङ उपकेन्द्र संचालन गर्दै आइरहेको छl नानीहरुको कुनै पनि समस्या भए वा विपदमा परे, अन्याय, शोषण, उत्पीडिनको शिकार भए चाइल्डलाइनको चौबीसै घण्टा सक्रिय रहने नि:शुल्क राष्ट्रिय टेलिफोन परिसेवा १०९८ मा फोन गरेर जानकारी वा उजुरी दिन सकिन्छl  

                      

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *