सोरेङमा गान्धी जयन्ती भव्य रुपमा पालन

IMG_20221002_214941.jpg

सोरेङ: आज सोरेङस्थित जिल्ला प्रशासनिक केन्द्रको सम्मेलन हलमा राष्ट्रपिता महात्मा गान्धीको १५३ौ जन्म जयन्तीको आयोजन गरियो।विधायक आदित्य गोले यस कार्यक्रममा मुख्य अतिथिको आसनमा विराजमान थिए।जिल्लापाल भीम ठटालले आफ्नो सम्बोधनमा गान्धी जयन्तीको शुभकामना सबैलाई व्यक्त गरे। उनले सोरेङ जिल्ला गठन भएपछि पहिलोपल्ट गान्धी जयन्ती पालन गरिएको बताए।महात्मा गान्धीको जीवन र विरासतमाथि उनले आफ्नो सम्बोधनमा प्रकाश पारे। उनले गान्धी सबै समयमा एक महान शिक्षक रहेको बताए। उनले गान्धी वैश्विक रूपमा स्वीकृत नेता हुनुका साथै उनका आदर्शहरू सान्दर्भिक रहेको बताए। उनले गान्धीलाई उनका सामाजिक र शैक्षिक सुधारका लागि चिनिन्छ जसले आधुनिक भारतलाई आकार दिएको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *