निरपानीवासीलाई दसैंको उपहारस्वरूप अब पर्जापट्ट पाउने अनित थापाको दाबी

IMG-20221002-WA0173.jpg

खरसाङ: निरपानी खरसाङ ब्लकमा पर्छ तर यहाँको जमीनको रेकर्ड नक्सलवारी ब्लकमा थियो। त्यसो भएको कारण निरपानीवासीको जमीन अधिकारमाथि काम हुनु सकेको थिएन। अब त्यो समस्या सुल्झियो भनी जीटीएको प्रमुख कार्यपाल अनित थापाले आज विज्ञप्ति जारी गरी बताएका छन्। यस विषयमा उनले भनेका छन् –
‘मैले चुनाव समय निरपानिका वासिन्दाहरुलाई वचन दिएको थिए कि म हकदार (eligible)परिवारलाई जमीनको हक दिलाएर छोड्ने छु। उहाँहरूले हामीलाई चुनावमा जिताउनु पनि भयो। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सत्ता सम्हाल्नेसाथ हामीले निरपानीको जमीनको रेकर्ड अनि सम्बन्धित समस्यालाई सुल्झाउन पर्ने कार्यलाई पनि अघि बढाएर लग्यौं।’
अनित थापाले अघि भने, हामीले सुरु गरेको कामको प्रतिफल आएको छ। निरपानी मौजाको सबै कार्य अब मिरिक खण्ड विकास कार्यालयमा नै हुनेछ। दोस्रो, जमीनको जति पनि रेकर्डहरु थियो आगामी १५ दिन भित्रमा मिरिक खण्ड विकासको सम्बन्धित विभागमा अपडेट हुनेछ। अपडेट गरिने पोर्टल मिरिक खण्डलाई हस्तान्तरण गरी सकेको छ। अनि सबै भन्दा महत्वपूर्ण, निरपानीका हकदार वासिन्दाहरुले पर्जापट्ट चाँडै नै पाउनेछन्। पहाड अनि पहाडका जनताको हित, सुरक्षा अनि समृद्धिको निम्ति हाम्रो प्रशासन लगातार कार्यमा लागेको छ। म बारम्बार भन्ने गर्छु, कर्म राम्रो गर्नु पर्छ, असम्भव भन्ने केही छैन। ‘

थापाले अझ थपा, निरपानीवासीलाई म, जीटीए प्रशासन अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तर्फबाट दसैंको उपहार यही रह्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *