टिम्बिरबुङवासीको दीर्घकालिन माग यसवर्ष पुरा

Soreng.jpg

सोरेङ: टिम्बुरबुङवासीको दीर्घकालीन माग रहेको थियो। सो मांग के रहेको थियो भने टिम्बुरबुङ ग्राम पञ्चायत एकाईलाई विभाजन गरि नयाँ दुईवटा ग्राम पञ्चायत एकाई बनाउनुपर्ने थियो।उनीहरुको यो माग यसवर्ष पुरा भएको छ। सोरेङ-च्याखुङ समष्टि अन्तर्गत जनसंख्या साथै भौगोलिक दृष्टिकोणले पनि ठूलो ग्राम पञ्चायत एकाई टिम्बुरबुङलाई विभाजन गरी नयाँ दुईवटा ग्राम पञ्चायत युनिटमा सरकारले यसवर्ष परिणत गरेको छ।स्थानीयवासीको धेरै अघिदेखिको मागलाई वर्तमान एसकेएम सरकारले पुरा गरेको खुशीमा सरकारप्रति कृतज्ञता प्रकट गर्दै क्षेत्र विधायक आदित्य गोले र सोरेङ जिल्लाका अधिकारीहरुलाई टिम्बुरबुङबासीले नागरिक अभिनन्दन पनि जनाएको छ। अब टिम्बुरबुङ ग्राम पञ्चायत एकाई विभाजन भएर अप्पर र लोवर टिम्बुरबुङको रूपमा अस्तित्वमा आएको छ। टिम्बुरबुङ स्कूलको प्रेक्षागृहमा आयोजित कार्यक्रममा क्षेत्र विधायक आदित्य गोले मुख्य अतिथिको रूपमा उपस्थित थिए। उनीसँग मुख्यमन्त्रीका प्रेस सल्लाहकार तथा कार्यक्रम आयोजक समितिका अध्यक्ष सीपी शर्मा, खेलकूद एवं युवा मामिला विभागका सल्लाहकार एमएन सुब्बा, स्थानीय जिल्ला तथा ग्राम पञ्चायत, जिल्लापाल भीम ठटाल, एडीसी धिरेन सुवेदी, एडीसी गायस पेगा, महकुमा अधिकारी रञ्जन राई, विभिन्न संघ-संस्थाका सदस्यहरूको पनि उपस्थिति रहेको थियो।स्मरण रहोस्, नयाँ सोरेङ जिल्लाका पहिला ३३ वटा जीपीयू थियो भने अहिले बढेर ३६ वटा जीपीयू भएको छ। यसरी नै सोरेङ जिल्लामा २० वटा नयाँ वार्ड बढेर मोठ दुई सयवटा वार्ड बनेको छ। सिक्किममा अहिले १९७ जीपीयू, दुईवटा जुम्सा र १ हजार १ सय ५९ वार्ड पुगेको छ।कार्यक्रममा विधायक आदित्य गोलेको बहुलीबाट सोरेङ र चुम्बुङ खण्ड प्रशासनिक केन्द्र अन्तर्गत लाभार्थीहरुलाई जीसीआई (च्यादर)-को टोकन र घर मारमतिको निम्ति २० हजार रुपियाँको चेक वितरण पनि गरियो। कार्यक्रममा जिल्ला पञ्चायत सावित्री धिताल, पञ्चायत सभापति बीएम सुब्बा, उप-सभापति पूर्ण सिंह कार्की, सदस्यहरु क्रमशः मुन्ना प्रधान, बिष्णु सुब्बा र ममता विश्वकर्मालाई पनि उनीहरुले टिम्बुरबुङ ब्लकमा आफ्नो कार्यकालमा र्पुयाएको योगदानको मुल्यांकन गर्दै आज विधायक गोलेको बहुलीबाट सम्मान जनाइयो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *