स्वच्छता नै सेवा २०२२ पखवाड़ा कार्यक्रम भर्चुअल कार्यक्रममा मन्त्री लामाको सहभागिता

IMG-20220930-WA0184.jpg

गान्तोक: राज्यको ग्रामीण विकास विभागद्वारा स्वच्छ भारत अभियानअन्तर्गत स्वच्छता नै सेवा २०२२ पखवाड़ा कार्यक्रमको रूपमा युनाइटेड इण्डिया फर् स्वच्छता अनलाइन कार्यक्रमको आयोजना गऱ्यो। यस कार्यक्रममा ग्रामीण विकास विभागीय मन्त्री सोनाम लामा, प्रधान सचिव सीएस राव, अभियान निर्देशक सारिका प्रधान, जिल्ला अनि खण्डका सम्बन्धित अधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पञ्चायत सभापतिहरू अनि अन्य सदस्यहरूले अंशग्रहण गरेका थिए। कार्यक्रममा राज्य ग्रामीण विकास संस्थान कर्फेक्टारले सह-आयोजना गरेको थियो। यो सरपञ्च संवादसँग मिलाइएको कार्यक्रमको मुख्य उद्देश्य ग्राम पञ्चायतहरूमाझ सर-सफाईबारे उत्कृष्ट अभ्यासहरू साझा गर्नु रहेको थियो। मन्त्री लामाले स्वच्छता नै सेवा २०२२-लाई निरन्तरता दिँदै सफल बनाउन सबैलाई आग्रह गरेका छन्। सम्पूर्ण स्वच्छताको निम्ति ग्रामीण क्षेत्रमा उत्कृष्ट प्रदर्शनी गर्ने पञ्चायतहरूलाई उनले बधाई एवं शुभकामना दिए। राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा शुरुआत गरिएको स्वच्छ ग्राम पञ्चायत पुरस्कार २०२२-को निम्ति छनौट भएका ग्राम पञ्चायतका प्रतिनिधिहरूलाई बधाई दिए। यस पुरस्कार अन्तर्गत पहिलो स्थान हासिल गर्ने ग्राम पञ्चायतलाई ₹. ५ लाख, दोस्रो स्थान हासिल गर्नेलाई ₹. ३ लाख अनि तेस्रो स्थान हासिल गर्नेलाई ₹. २ लाख नगद राशि साथै आकर्षक ट्रफी आगामी २ अक्टोबरको दिन गान्धी जयन्तीको अवसरमा प्रदान गरिनेछ।

भर्चुअल रूपमा सम्पन्न कार्यक्रममा सहभागिता जनाएका पञ्चायतहरूले आ-आफ्नो सफलताको कथा साथै भोग्नु परेका समस्याहरूबारे साझा गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *