एमसीएक्स र लटरीमा व्यापक भ्रष्टाचार भएको भाजपा सिक्किमको गम्भीर आरोप

f70de8a1379f703f40229cd33bb318c4.jpg

गान्तोक: मल्टी कमोडिटी एक्सचेञ्ज (एमसीएक्स) र लटरीमा व्यापक भ्रष्टाचार भएको भाजपाले सिक्किमले गम्भीर आरोप लगाएको छ। अर्कोतिर, प्रदेश भाजपाले सिक्किममा स्थापित महालेखा परीक्षकको कामकाजमाथि पनि प्रश्न उठाएको छ।
प्रदेश भाजपा प्रवक्ता डा. राजु गिरीले राजधानीमा आज आयोजित एक प्रेसवार्तामा एमसीएक्स र लटरीमा करोड़ौंको भ्रष्टाचार भएको आरोप लगाए। उनले भ्रष्टाचारका कारण सिक्किमले करोड़ौंको राजस्व घाटा सहन गर्नु परिरहेको पनि दाबी गरे। उनले एमसीएक्सको सम्बन्धमा प्रदेश भाजपाको पहलपछि अहिले जॉंच निकायहरूले आफ्नो कारबाही गरिरहेको बताए। यसैगरी, अब लटरीमा भइरहेको भ्रष्टाचार विरूद्ध पनि भाजपाले आफ्नो पाइला चालिसकेको उनले अवगत गराए।
यसै क्रममा प्रवक्ता गिरीले सिक्किममा स्थापित महालेखा परीक्षकको कामकाममाथि प्रश्न तेर्साए। उनले सिक्किममा दशकौंदेखि लटरी चलिरहेको छ भने सिक्किमको महालेखा परीक्षकको कार्यालयले २०१० देखि २०१६ सम्मको विण्डो पिरियडलाई लिएर मात्र क्याग रिपोर्ट तयार गरेको दाबी गरे। उनले २०१६ देखि एता किन अडिट गरिएन भनी प्रश्न गरे। उनले महालेखा परीक्षकको कार्यालय यहॉं केवल त्यही कामको निम्ति खोलिएको हो र यो काम भएकै हुनुपर्छ भनी बताए।

उनले पञ्चायति राज संस्थानमा जति पनि जीपीयूहरू छन्, त्यहॉं अडिट गर्न जाँदा कतिपय सम्बन्धित अधिकारीहरूले पैसा माग्ने गरेको गम्भीर आरोप लगाए। उनले प्रदेश भाजपा समक्ष यस सम्बन्धमा पुख्ता प्रमाणहरू रहेको दाबी गरे। उनले कतिपय यस्ता अधिकारीहरूले पैसाको आधारमा अडिट गरिरहेका छन् र प्रदेश भाजपाले यसको भत्सर्ना जनाउॅंछ भनी बताए।
यस अतिरिक्त, प्रवक्ता गिरीले पोकलोक कामराङका ओएफओजेमा कार्यरत चारजनालाई नोकरीबाट निष्कासित गरेको मुद्दा पनि उठाए। उनले ती चारजना भाजपा पार्टीसॅंग सम्बन्धित रहेकाले उनीहरूलाई नोकरीबाट निष्कासित गरिएको आरोप लगाए। उनले कुन आधारमा उनीहरूलाई निष्कासित गरियो भन्दै तत्काल उनीहरूलाई पुनः नियुक्ति प्रदान गर्नु पर्ने माग गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *