बिधायक निरज जिम्बाद्वारा आपतकालीन सहयोग

IMG_20220819_174804.jpg

पोख्रेबुङ: गोरामुमो पोख्रेबुङ नागरी समष्टि अन्तर्गत समरिक शाखा अनि मगरजुङ शाखामा अविरल झरीबर्षाको कारण स्थानीय बासिन्दाहरूको धेरै घरहरू क्षतिग्रत भएका थिए। उक्त घटनालाई समष्टि अध्यक्ष निगम कार्कीले दार्जीलिङ बिधानसभा क्षेत्रका बिधायक निरज जिम्बालाई जानकारी गराउदै आपतकालीन सहयोगको निम्ति अपिल गरेका थिए। जानकारी प्राप्त भएपछि बिधायक निरज जिम्बाद्वारा आपतकालीन सहयोगको निम्ति गोरामुमो केन्द्रीय समिति प्रबक्ता वाई लामा गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटी प्रबक्ता संजोक गुरुङको टोलीलाई समष्टि भ्रमणको निम्ति आग्रह गरेका थिए। उक्त टोलीले समरिक शाखा भ्रमण गरि क्षतिग्रस्त भएका घरहरूको निरीक्षण गरि आपतकालीन सहयोगको निम्ति बिधायक निरज जिम्बा अनि वाई लामाको तर्फबाट आर्थिक सहयोगका साथै तारपोलिन अनि लत्ताकपडा प्रदान गरेका छन्।

समष्टि अध्यक्ष निगम कार्कीले यस सहयोगको निम्ति बिधायक निरज जिम्बा अनि वाई लामाप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन् साथै सम्बन्धित बिभागहरूले अहिलेसम्म भ्रमण समेत नगरेको पीडित परिवारहरूको गुनासो रहेको साथै अझैसम्म कुनै सहयोग समेत प्राप्त गर्न नसकेको निगम कार्कीले जानकारी दिएका छन्। क्षतिग्रस्त भएका पीडित परिवारहरूको आर्थिक अवस्था कमजोर रहेको कारण सम्बन्धित बिभागहरूले सहयोग पुर्‍याउने अपिल समेत निगम कार्कीले गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *