स्टेयर केस रन च्याम्पियनशीपको खुल्ला प्रतियोगितामा अमर सुब्बा बने तेस्रो

IMG-20220816-WA0157.jpg

गान्तोक: गत १४ अगस्तको दिन कलकत्तास्थित सल्ट लेकमा आयोजित स्टेयर केस रन च्याम्पियनशीप आयोजना गरियो। उक्त प्रतियोगितामा ३३ तले भवनको १ हजार ५६ वटा सीढि चढनु पर्ने रहेको थियो। यस अवसरमा १४८ जनाले सहभागिता जनाएका थिए, जसमा राज्यका म्याराथन म्यानले चिन्हित अमर सुब्बाले पनि अंशग्रहण गरेका थिए। उनले ६ मिनट २२ सेक्ण्डमा आप्नो लक्ष्य पुरा गर्दै १८औ स्थानमा आउन सफल बनेको बताए। आज राजधानीस्थित जर्नलिस्ट यूनियनको कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्। सो प्रतियोगितालाई तीनवटा भागमा विभाजन गरिएको थियो जसमा १८-३५, ३६-४५ र ४० वर्ष भन्दा अधिकका उमेर भएकाहरूले सहभागिता जनाएका थिए। यस अवसरमा उनले खुल्ला प्रतियोगितामा पनि सहभागिता जनाएका थिए जसमा उनले तेस्रो स्थान ओगटन सफल भएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *