दुबईको हिन्दू मन्दिर दशैंको अवसरमा अनावरण गरिने   

photocollage_2022810174625352.jpg

दुबई: संयुक्त अरब इमिरेट्सको दुबई शहरमा भव्य हिन्दू मन्दिरको निर्माण सम्पन्न भएको छ। अक्टोबर ४ मा दशैंको अवसरमा यसको अनावरण गरिने छ भने ५ अक्टोबरमा मन्दिरको दैलो सर्वसाधारणका लागि खोलिनेछ। मन्दिरमा १६ वटा देवताको मूर्ति राखिएको छ। बाहिरी गतिविधिका लागि ज्ञान हल र सामुदायिक हल पनि निर्माण गरिएको छ। त्यहाँ भक्तजनले पूजाआजा गर्न सक्नेछन्। यो मन्दिर जेबेल अलीको सहिष्णुताको एमिरेट्स कोरिडोरमा छ। यस क्षेत्रमा पहिले नै गुरुद्वारा, हिन्दू मन्दिर र धेरै चर्चहरू छन्। सिन्धुगुरु दरबार मन्दिरका ट्रष्टी राजु श्राफका अनुसार ४ अक्टोबरमा हुने मन्दिरको उद्घाटन समारोहमा युएईका सरकारी अधिकारी र विशिष्ट व्यक्तिको सहभागिता रहनेछ। यस अवधिमा पुजाको कार्यक्रम पनि हुनेछ। सामाजिक सञ्जालमा कट्टरपन्थीहरूले यस मन्दिरको विरोध गरिरहेका छन् भने हिन्दू समुदायका मानिसहरूले युएईको यो कदमको प्रशंसा गरिरहेका छन्।

मन्दिर दुई चरणमा भक्तजनका लागि खोलिनेछ। पहिलो चरणमा पूजास्थल मात्र खुल्नेछ। दोस्रो चरण मकर संक्रान्तिमा १४ जनवरीदेखि शुरु हुनेछ। त्यस दिन ज्ञान हल र सामुदायिक केन्द्र खोलिनेछ। मन्दिरमा विवाह समारोह, हवन र निजी कार्यक्रम पनि गर्न सकिन्छ। मन्दिर बिहान ६ बजेदेखि राति ९ बजेसम्म खुला रहनेछ। मन्दिरमा एकैपटक १ हजारदेखि १२ सय भक्तजनले पूजाआजा गर्न सक्नेछन्।

भक्तजनको सुरक्षाका लागि मन्दिर प्रशासनले क्यूआर कोडमा आधारित स्लट बुकिङ प्रणाली बनाएको छ । तोकिएको स्थानमा मानिसहरु मन्दिरमा आउन सक्ने अधिकारीहरु बताउँछन्। यो कोभिड-१९ को फैलावट रोक्न प्रोटोकलको एक हिस्सा हो। दीपावली र नवरात्रिमा मन्दिरमा विशेष कार्यक्रम हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *