झापा एकादश र ५८ जीटीसी विजयी

IMG_20220807_005553.jpg

७ अगस्तः पाक्योंग स्पोर्टिंग क्लबको तत्त्वावधानमा हरिमाया शर्माकी स्मृतिमा आयोजित ७६औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा रोमाञ्चक म्याच खेलियो। स्थानीय पाक्योंग सेण्ट जेभियर्स मैदानमा जारी यस नाइन ए साइड टुर्नामेण्टमा आज भएको पहिलो म्याचमा झापा एकादश (नेपाल)-ले पाक्योंग युनाइटेड स्पोर्टिंग क्लबलाई २-०-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा ५८ जीटीसी शिलंगले सेण्ट जेभियर्स स्कूल व्हाइट-लाई टाईब्रेकरमा पराजित गऱ्यो।

टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच १३ र १३ अगस्तमा खेलिनेछ । यसरी नै फाइनल १५ अगस्तमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३००००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा २००००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published.