सिलगढी: सिलगढी १४ नम्बर वार्ड आश्रमपाड़ा शारदामुनि रोडस्थित एउटा अपार्टमेन्टमा एसओजीले अभियान चलाएर लोग्ने स्वास्नीलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरू सन्दीप विश्वास उर्फ छोटका र पिङ्की साहा चौधरीको रूपमा चिन्हित गरिएको छ। ती दुई लोग्ने-स्वास्नीले अपार्टमेन्टमा नशालु पदार्थको व्यवसाय गर्ने गर्दथे।
एसओजी सूत्रले दिएको जानकारी अनुसार, एसओजीले आज गोप्य सूचनाको आधारमा पानीट्याङ्की आउटपोस्टको सहयोगमा आश्रमपाड़ास्थित उक्त अपार्टमेन्टको चौथो फ्लोरमा छापामार अभियान चलाएर धेरै मात्रामा प्रतिबन्धित नशालु इन्जेक्शन उद्धार गर्नको साथै लोग्ने-स्वास्नीलाई पक्राउ गरेको बताइएको छ। लोग्ने सन्दीप यस व्यवसायको पुरानो अपराधी हुन् भने तिनलाई धेरैपल्ट पुलिसले पक्राउ गरिसकेको थियो। पक्रा परेका लोग्ने स्वास्नीलाई भोलि सिलगढी अदालतमा पेश गरिनेछ।
About Author
Post Views: 115