महिला एवं बाल विकास विभागद्वारा एक संवेदीकरण कार्यक्रम आयोजन

गान्तोक: कार्यस्थलमा महिला यौन उत्पीडन (रोकथाम, निषेध र निवारण) अधिनियम, २०१३ विषय लिएर, महिला एवं बाल विकास विभागले आज, मनन केन्द्रमा एक संवेदीकरण कार्यक्रम आयोजन गऱ्यो। आजादीको अमृत महोत्सवको ब्यानरमा आयोजित कार्यक्रममा महिला एवं बाल विकास विभागका मन्त्री डा. एमके शर्मा मुख्य अतिथि थिए।

मन्त्री शर्माले आफ्नो सम्बोधनमा जुन ठाउॅंमा महिलाको सम्मान हुॅंदैन त्यो ठाउॅंको कहिल्यै विकास सम्भव छैन भनी बताए। उनले कार्यस्थलमा सहकर्मीहरूको निम्ति घर र परिवारको वातावरण सिर्जना गर्नुपर्छ भन्दै आफ्ना परिवारका सदस्यहरूलाई सताउने र दुर्व्यवहार गर्ने काम गर्नु नहुने बताए। मन्त्री शर्माले लैङ्गिक असमानतालाई मेटाउन र महिला सशक्तिकरणका लागि जागरूकतामाथि बल दिए।

यसैगरी, सिक्किमकी प्रथम महिला अतिरिक्त महाधिवक्ता डा. डोमा टी. भोटियाले महिला सुरक्षा सम्बन्धित कानून, यौन उत्पीडन विषय जानकारी गराइन्। उनले सामाजिक कलंक र डरका कारण अधिकांश महिलाहरू खुलेर बोल्दैनन् भनी बताइन्। उनले यौन दुर्व्यवहारका प्रकारहरूबारे पनि जानकारी दिइन्।

कार्यक्रमलाई प्यारालिगल वर्कर एरोमीना लेप्चा, महिला एवं बाल विकास विभागकी सचिव गंगा प्रधानले पनि सम्बोधन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *