आगामी १ अगस्तदेखि १४ अगस्तसम्म ‘मिलावट से मुक्त अभियान’

गान्तोक: आगामी १ अगस्तदेखि शुरू भएर १४ अगस्तसम्म चल्ने ‘मिलावट से मुक्त अभियान’ बारे स्वास्थ्य सेवा विभागका प्रधान निदेशक डा. टेकेन्द्र के. राईले जानकारी दिएका छन्।

डा. राईले आज आयोजित एक पत्रकार सम्मेलनमा बताए अनुसार, यो अभियान विशेष रूपमा खाने तेलहरूमा मिसावटलाई लिएर रहेको छ। १४ दिनसम्म चल्ने अभियान राज्यका १४ शहरमा चलाइने छ। प्रत्येक शहरबाट आठवटा खाने तेलको नमूना संग्रह गरेर प्रयोगशालामा खाद्य मूल्य विश्लेषणका लागि पठाइने छ।

उनले १४ दिवसीय अभियान अवधि खाद्य सुरक्षा प्रकोष्ठका अधिकारीहरू विभिन्न शहरको भ्रमण गर्नेछन्। उनले उपभोक्ताहरूलाई एजीमार्क हेर्न अनि एफएसएसएआई लोगो भएको ब्राण्डलाई प्राथमिकता दिन आह्वान गरे। उपभोक्ताहरूले खाद्य सम्बन्धित शिकायत अथवा सोधपुछको निम्ति ६२९५४९४२६४ मा सम्पर्क गर्न सक्ने भनि बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *