इण्डिपेण्डेन्स डे फूटबलः साहिल स्पोर्टिंग क्लब र डीपीएफसी क्वार्टर फाइनलमा

२९ जुलाईः युनाइटेड सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे ओपन नक् आउट फूटबलअन्तर्गत शुक्रवार दुईवटा प्री-क्वार्टर फाइनल म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा भएको पहिलो म्याचमा साहिल स्पोर्टिंग क्लबले नाना स्पोर्टिंग क्लबलाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयमा स्कोर २-२-को बराबरीमा रहेको थियो। यसरी नै दोस्रो म्याचमा डीपीएफसी-ले ग्लेनबर्न युनाइटेडलाई टाईब्रेकरमा ६-५-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। टुर्नामेण्टको फाइनल १५ अगस्तमा हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *