नयाँ दिल्ली: कांग्रेस सांसद अधीर रञ्जन चौधरीले राष्ट्रपति द्रौपदी मुर्मुसँग उनको अभद्र टिप्पणीको लागि माफी मागेका छन्। उनले माफी माग्दै पत्र जारी गरे। त्यसमा उनले लेखेका छन्, ‘म तपाईंलाई विश्वास दिलाउँद्छु कि मेरो जिब्रो चिप्लियो। म माफी चाहन्छु र यसलाई स्वीकार गर्न अनुरोध गर्दछुl’ यसका लागि अधीर रञ्जनले भाजपालाई निशाना बनाएका छन्। उनले भने, ‘म भाजपाले मलाई आतंककारी घोषणा गरोस् र युएपीएअन्तर्गत मलाई गिरफ्तार गरोस् भनेर पर्खिरहेको छु। उनीहरू आदिवासीहरूको च्याम्पियन बन्न चाहन्छन्, तर हत्या कसरी भइरहेको छ लुकाउँछन्। सोनिया गान्धीको नेतृत्वमा ल्याइएका कानूनमा परिवर्तन भइरहेको छ। आदिवासी जनजातिविरुद्ध काम गरिरहेका छन्l’
Post Views: 104