Thursday, October 21, 2021
Home Uncategorized पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

नई दिल्ली: पूर्व राष्ट्रपति अनि देशको सर्वोच्च नागरिक सम्मान भारत-रत्नले सम्मानित प्रणव मुखर्जीको सोमवार ८४ सालको उमेरमा निधन भयो। उनका छोरा अभिजीत मुखर्जीले ट्वीट गरेर यस्तो जानकारी दिए। कोरोना पोजिटिव पाइएपछि उनलाई १० अगस्तको दिन दिल्लीको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलमा भर्ती गरिएको थियो। उनके मस्तिष्कमा जमिएको रक्तलाई हटाउनको निम्ति उनको ब्रेन सर्जरी गरिएको थियो। त्यसपछि उनी भेण्टिलेटरमा रहेका थिए।

कङ्ग्रेस पार्टीका दिग्गज नेताहरूमा एक मानिने प्रणव मुखर्जीलाई गत साल नै सरकारले देशको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ -ले विभूषित गरेको थियो। उनी जुलाई २०१२-देखि जुलाई २०१७-सम्म देशका १३औँ राष्ट्रपति रहेका थिए। कङ्ग्रेसका दिग्गज नेता रहने मुखर्जीले २०१८-मा राष्ट्रिय स्वयंसेवक सङ्घको मुख्यालय नागपुरमा एउटा कार्यक्रममा मुख्य वक्ताको रूपमा हिस्सा लिएका थिए। इसले गर्दा कङ्ग्रेस असहज पनि भएको थियो।

१ दिसम्बर १९३५-मा पश्चिम बङ्गालको वीरभूम जिल्लाको मिराती गाउँमा जन्मिएका प्रणव मुखर्जीले १९६९-मा कङ्ग्रेस पार्टीको साथ राजनीतिमा कदम राखेका थिए। त्यही साल उनी राज्यसभाको निम्ति चुनिएका थिए। उनलाई तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीका विश्वसनीय सहयोगीहरूमा गनिन्थ्यो। यसबाहेक उनी १९७५, १९८१, १९९३ र १९९९-मा राज्य सभाको निम्ति चुनिए। उनी २००४ और २००९-मा पश्चिम बङ्गालको जंगीपुर सीटबाट दुईपल्ट लोकसभाको निम्ति चुनिए। उनी २३ सालसम्म कङ्ग्रेस वर्किङ्ग कमिटीका सदस्य रहे।

राजनीति शुरू गरेको १४ सालपछि १९७३-मा उनी पहलोपल्ट केन्द्र सरकारमा मन्त्री मंत्री बने। तत्कालीन इन्दिरा गान्धी सरकारमा उनलाई इण्डस्ट्रियल डेवलपमेण्ट मन्त्रालयमा डेप्युटी मिनिस्टर बनाइएको थियो। त्यसपछि उनले कहिले पछि फर्किएर हेरेनन्। १९८२-देखि १९८४-सम्म उनी केन्द्रीय वित्त मन्त्री रहे। उनी वित्त मन्त्री रहँदा नै डा. मनमोहन सिंहलाई रिजर्व ब्याङ्क अव् इण्डियाका गवर्नर बनाइएको थियो।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

मुख्यमन्त्री २४ अक्टोबर चार दिवसीय भ्रमणमा सिलगढी आउने

कोलकता। सिलगढी अनि पहाडमा बर्षाले भएको नोक्सानको जायजा लिन मुख्यमन्त्री ममता ब्यानर्जी आगामी २४ अक्टोबरको दिन चार दिवसीय भ्रमणमा सिलगढी अनि खरसाङ...

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाद्वारा मुख्यमन्त्रीलाई पत्र

खरसाङ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा पूर्व जीटीए चेयरम्यान अनित थापाले पहाड़मा वर्षाले विभिन्न क्षेत्रमा गरेको ठूलो क्षतिलाई केन्द्र गर्दै बङ्गालकी...

उपराष्ट्रपतिको सिक्किम भ्रमण रद्द

गान्तोक। भारतका उपराष्ट्रपति एस. वंकैया नाइडुको प्रस्तावित तीन दिवसीय सिक्किम अनि दार्जीलिङ्ग भ्रमण चौथापल्ट पनि मौसमको गडबडीका कारण अनिश्चितकालका लागि रद्द भएको...

Recent Comments

Farindra on राेजगार