४ दिनको पुलिस रिमान्डमा अभियुक्त कुशल छेत्री

IMG-20220623-WA0136.jpg

कालचिनी। गत १ मईको दिन राईमाटाङ चिञ्चुलाबीच सड़कमा हेमिल्टनगञ्ज नेताजी पल्ली निवासी एकजना व्यावसायी दिलीप पालको हत्या मामिलामा पक्राउ परेको दुईजना आरोपीमध्ये भरत उर्फ काले छेत्रीलाई प्रथमत ७ दिनको पुलिस रिमान्डमा कालचिनी थाना ल्याईएको थियो भने पुलिस रिमान्डपछि काले छेत्रीलाई पुनः जेल चलान गरिएपछि अर्को अभियुक्त कुशल छेत्रीलाई आज पुनः ४ दिनको पुलिस रिमान्डमा ल्याईएको छ।
ज्ञात रहोस, गत १७ जुनको दिन दिलीप पाल हत्याकाण्डमा संलिप्त दुईजना मुख्य आरोपीहरू भरत उर्फ काले छेत्री र कुशल छेत्रीलाई पुलिसले पक्राउ गरेको थियो भने घटना सम्बन्धमा दुवै आरोपीले अपराध स्वीकार गरेपछि दुवैलाई अलिपुरद्वार जिल्ला अदालतमा पठाएको थियो। उक्त दिन पुलिसले दुईमध्ये एकजना आरोपी भरत उर्फ काले छेत्रीलाई ७ दिनको रिमान्डमा ल्याएको थियो भने आज पुनः अर्को आरोपी कुशल छेत्रीलाई ४ दिनको पुलिस रिमान्डमा ल्याईएको पुलिस सुत्रले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement