खरसाङ: खरसाङ महकुमा अन्तर्गत घैयाबारीमा रहेको ड्याब जोवियल अकादमीमा मदर्श डे पालनसितै विद्यार्थीहरुका आमाहरुलाई स्कूलको तर्फबाट सम्मान जनाइएको छ। नानीहरुप्रति आमाको माया, स्नेह र सामर्थका लागि सम्मान जनाइएको छ। केही समय अघि नै मदर्श डे भए पनि स्कूलमा आज पालन गरिएको छ।

उक्त मदर्श डे कार्यक्रममा प्रमुख अतिथिको रुपमा खरसाङकी इशा लेप्चा प्रमुख अतिथिको रुपमा उपस्थित रहेकी थिइन् भने अतिथिको रुपमा पत्रकार हनोक थापा उपस्थित रहेका थिए। विद्यार्थीद्वय अदिति प्रधान र निम छिरिङ शेर्पाले सञ्चालन गरेको कार्यक्रममा प्ले नर्सरीदेखि दशौं श्रेणीसम्मका विद्यार्थीहरुका आमाहरुलाई स्कूलको तर्फबाट सम्मान जनाइएको छ।

यस अवसरमा शिक्षक शिक्षिकाजरुको गाइडमा विद्यार्थीहरुले आमाहरुलाई समर्पित गरेर विभिन्न कार्यक्रमहरु प्रस्तुत गरेका थिए। विद्यार्थीहरुले समूहमा गीत, नृत्य, गिटारमा सांगीतिक प्रस्तुति पनि दिएका थिए। यस अवसरमा प्रमुख अतिथिको रुपमा उपस्थित इशा लेप्चा र अतिथि हनोक थापालाई पनि स्कूलको तर्फबाट सम्मान जनाइएको छ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित इशा लेप्चाले आफ्नो सम्बोधनमा स्कूलले गरेको प्रगति, बिद्यार्थीहरुको प्रस्तुतिको प्रशंसा गरिन्। उनले आमाहरुलाई सम्बोधन गर्दै नानीहरुलाई फोनको लतबाट टाडा राख्नु पर्ने र नानीहरुलाई समपेशियल केयर गर्नु पर्ने बताइन्। उनले चाइल्ड राइट र आमाहरुको भूमिका विषयमा बताइन्। लेप्चाले नानीहरुको पढाई र नानीहरुले अधिकार साथै नानीहरुलाई लिएर विभिन्न सचेतनामूलक वक्तव्य राखेकी थिइन्।

कार्यक्रममा ड्याब जोवियल अकादमीका प्राचार्य देवजीत मजुमदारले धन्यवाद ज्ञापन गरेका छन्। उनले कार्यक्रमलाई सम्बोधन गर्दै स्कूलको तर्फबाट प्रत्येक वर्ष मदर्श डे पालन गर्ने गरेको र विद्यार्थी नानीहरुका आमाहरुलाई सम्मान गर्न पाउनु गर्वको विषय रहेको बताएका छन्। उल्लेखनीय छ घैयाबारीको ड्याब जोवियल अकादमी सीबीएसईको पाठ्यपुस्तक अनुसार शिक्षा दिइन्छ। यहाँ नर्सरीदेखि दशौं श्रेणीसम्मका विद्यार्थीहरुलाई शिक्षा दिइन्छ। यस स्कूलले विगत २००७ देखि घैयाबारी क्षेत्रमा शिक्षा प्रदान गर्ने काम गर्दै आईरहेका छन्।









