एमजेएन मेडिकलमा रोगी कल्याण समितिको बैठक

डाउनलोड करें

काेचबिहार: एमजेएन मेडिकल कलेज एवं अस्पताल काेचबिहारमा रोगी कल्याण समितिको बुधवार बैठक सम्पन्न भएको छ। बैठकमा अस्पतालका संरचनाका सम्बन्धमा लामो चर्चा गरिएको थियो।
सुनीति रोड नजिकै अस्पतालको भवन निर्माण गरिएको छ। जसको निर्माण कार्य लगभग पूरा भइसकेको छ।
उक्त भवनमा चांड़ै सेवा शुरू गर्नेबारे पनि बैठकमा चर्चा भएको थियो। बैठकमा हालको मौसममा बाल रोगीहरूको संख्या बढ़्दै गइरहेकोले यसमाथि पनि ध्यान दिन आग्रह गरिएको छ। बैठकमा चेयरम्यान एवं प्राचार्य निर्मल कुमार मण्डल, एमएसवीपी सौरदीप राय एवं अन्य ब्यक्तित्वहरुको उपस्थित रहेको थियो। अभिजीत दे भौमिक रोगी कल्याण समितिका सदस्य भए पछि उनले पहिलो पटक जनप्रतिनिधिको रूपमा उक्त बैठकमा भाग लिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement