जोराई स्टेशनमा जीसीपीएको नाकाबन्दीका कारण रेल यातायात प्रभावित

4223948-96

जोराई(असम): ग्रेटर कूचबिहार पीपल्स एसोसिएशन (जीसीपीए) द्वारा अलीपुरद्वार डिवीजनको जोराई रेलवे स्टेशनमा रेल नाकाबन्दीको कारण आज रेल यातायात प्रभावित भयो।
पूर्वोत्तर सीमा रेलवेका मुख्य जनसम्पर्क अधिकारी कपिञ्जल किशोर शर्माका अनुसार बिहान लगभग ०६:४५ बजे प्रदर्शनकारीहरूले जोराई स्टेशनमा पुगेर रेल यातायातलाई अबरोध गरेका थिए।
बिहान ८ बजेसम्म ५सयका संख्यामा प्रदर्शनकारीले स्टेशनमा भेला भएर सबै लाइनहरूलाई अवरूद्ध गरेका थिए। सो कार्यक्रमंमा कुनैपनि अप्रिय घटना हुन नदिन स्टेशनका वरिपरि आरपीएफ, जीआरपी र स्थानीय पुलिसका ५ सय भन्दा अधिक संख्यामा जवानहरूको तैनाथी रहेको थियो।
रेल नाकाबन्दीको परिणामस्वरूप धेरै ट्रेनहरूलl रद्द भए र धेरै ट्रेनहरूलाई फकीराग्राम-गोलकगंज-न्यू कूचबिहारको वैकल्पिक मार्गबाट पठाइएको थियो। डायवर्जनले प्रभावित यात्रीहरूको सुविधाको निम्ति बसहरू र टाटा सूमको व्यवस्था गरिएको थियो। पूर्वोत्तर सीमा रेलवेले यात्रीहरूलाई भएको असुविधाको निम्ति खेद व्यक्त गरेको छ।

मार्ग परिवर्तन:
अप(११.१२. २०२४ मा एनसीबी – जीकेजे – एफकेएमको माध्यमले परिवर्तित):
१५६५७ ब्रह्मपुत्र मेल
१५९५९ कामरूप एक्सप्रेस

डाउन (११.१२. २०२४ मा एफकेएम – जीकेजे – एनसीबीको माध्यमले परिवर्तित):
२०५०३ राजधानी एक्सप्रेस
२२४४९ गुवाहाटी-नयाँ दिल्ली एक्सप्रेस
२२४११ नाहरलागुन-आनन्द विहार अरूणाचल एक्सप्रेस
२२५०३ विवेक एक्सप्रेस
१३२४७ कामाख्या राजेन्द्र नगर केपिटल एक्सप्रेस
१२४२३ राजधानी एक्सप्रेस

रद्द:
ट्रेन नं. २२२२७/२२२२८(न्यू जलपाइगढ़ी – गुवाहाटी – न्यू जलपाइगढ़ी)
ट्रेन नं. १५७०४/१५७०३(बंगाइगाउँ – न्यू जलपाइगढ़ी – बंगाइगाउँ)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement