चुनावी हिंसाः कोलकातामा भाजपा नेताको घर बुलडोजरले ध्वस्त पारियो

IMG-20230410-WA0169-11-300x172-13

कोलकाताः उत्तर प्रदेश, उत्तराखण्ड र हरियाणा जस्ता राज्यहरूमा अपराधीहरूको घरमाथि प्रशासनिक बुलडोजर चलाएको खबरहरू त प्रायः जसो चर्चामा रहन्छ। तर पश्चिम बंगालमा सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसमाथि विपक्षी भाजपा नेताको घरलाई बुलडोजरले भत्काएको आरोप लागेको छ। घटना राज्यको शासनको केन्द्र कोलकाताको हो, जसबाट प्रशासनको कार्यशैली प्रश्नहरूमा घेरिएको छ। भाजपा नेताको नाम सुनील सिंह बताइएको छ। राज्यभरिमा चुनाउपछि हिंसालाई लिएर उनले लगातार बयान दिइरहेका थिए। चुनाउको समय उनी पार्टीका संयोगक थिए। उनको घर उत्तर कोलकाताको बड़तला थाना अन्तर्गत बिडन स्ट्रीटमा छ। शनिवार उनले भने, मैले लगातार तृणमूलको राजनीतिक हिंसाको विरोध गरिरहेको थिए। यसैले मेरो घरको पहिलो तलामा रहेको दोकान र अगाड़ीको भागलाई बुलडोजरले ध्वस्त पारिएको छ।

उनले यसको निम्ति २६ नम्बर आर्डका तृणमूल पार्षद तारकनाथ चटर्जीमाथि लगाएका छन्। यद्यपि, तारक नाथले भने, सुनील सिंहले नगर निगमको जमीनलाई कब्जा गरी अवैध निर्माण गरेका थिए, यसैले उनको घर तोड़िएको छ। यसको राजनीतिसित कुनै सम्पर्क छैन। सुनील सिंहले भने, शुक्रवार नै मेरो घर भत्काइएको छ। यसलाई लिएऱ शनिवार क्षेत्रमा तनावको माहोल छ। यस विरूद्ध उनी कोर्ट जानेछन् भनी उनले स्पष्ट गरेका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement