राज्यमा प्रथमपल्ट विद्यार्थीहरूको निम्ति विधानसभा सत्र आयोजित

IMG-20230819-WA0317.jpg

गान्तोक: सिक्किम विधानसभा सचिवालय एवं शिक्षा विभागको संयुक्त पहलमा आज राजधानीस्थित चिन्तन भवनमा एक दिवसीय प्रथम राज्यस्तरीय विद्यार्थी विधानसभा सम्पन्न भयो। यस कार्यक्रममा राज्यका शिक्षा विभागमन्त्री केएन लेप्चा मुख्य अतिथिकोरुपमा उपस्थित थिए भने सिक्किम विधानसभा अध्यक्ष अरुण उप्रेती विशिष्ठ अतिथिको रुपमा उपस्थित रहेका थिए। मुख्यमन्त्री प्रेमसिंह तामाङको दुरदर्शी सोंच अनुरुप सम्पन्न प्रथम राज्यस्तरीय विद्यार्थी विधानसभामा राज्यका विभिन्न विद्यालय अनि महाविद्यालयका विद्यार्थीहरूलाई लिएर आयोजित विधानसभा सत्रमा कूल ४६ जना विद्यार्थी विधायकहरूले अंशग्रहण गरेका थिए। आजको विधानसभा सत्रमा भाग लिने विद्यार्थी विधायकहरू सबै निर्वाचित प्रणालीद्वारा विधानसभा समक्ष आएका हुन्। आजको विद्यार्थी विधानसभामा दुईवटा विधेयकहरूमाथि विशेष गरेर चर्चा परिचर्चा भयो। प्रथम सिक्किम नेट जिरो विधेयक अनि द सिक्किम हेरिटेज कन्जर्भेसन विधेयक रहेको थियो। यी दुई विधेयकहरूमा ट्रेजरी अनि विपक्षी विधायकहरूमाझको लामो बहस, चर्चा परिचर्चा पछि दुईवटै विधेयक सदनले पारित गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement