फेन्सर भवानी देवीलाई फ्रान्समा अभ्यास गर्ने अनुमति

IMG-20230819-WA0271.jpg

१९ अगस्तः केन्द्रीय खेल मन्त्रालयको मिशन ओलम्पिक सेल (एमओसी)-ले भारतीय फेन्सर भवानी देवीलाई फ्रान्सको अर्लियन्समा स्थित बाउर फेन्सिंग एकाडमीमा आफ्नो प्रशिक्षण जारी राख्ने अनुमति दियो। मन्त्रालयले यसको पुष्टि गर्दै फ्रान्सको निम्ति उनको अन्तर्राष्ट्रि प्रशिक्षण शिविरलाई ८ महिनाको अवधिको निम्ति स्वीकृति दिइएको जानकारी दियो। यसमा प्रशिक्षण शिविरको लागत, हवाई खर्च, आवास लागत, स्थानीय परिवहन लागत, फिजियोथेरेपी, प्रशिक्षण शुल्क, लाइसेन्स शुल्क र बीमा लागत सामेल हुनेछ। भवानी अहिले फ्रान्सीसी कोच क्रिस्चियन बाउरको मार्गदर्शनमा प्रशिक्षण लिइरहेकी छन्। उनले हालै एशियाई च्याम्पियनशीपमा महिला सेबर स्पर्धामा काँस्य पदक जितेकी थिइन्। यस उपलब्धिलाई हासिल गर्ने उनी पहिलो भारतीय महिला हुन्। एमओसी-ले जर्जिया, तुर्की र अल्जीरियामा भवानीलाई केही प्रशिक्षण शिविरमा हिस्सा लिने पनि अनुमति दियो। यसको साथमा अल्जीरियामा सेबर वर्ल्ड कप, फ्रान्समा ग्रां.प्री., ट्यूनिशियामा ग्रां.प्री., पेरुमा सेबर वर्ल्ड कप, एथेन्समा सेबर वर्ल्ड कप र बेल्जियममा सेबर वर्ल्ड कपमा उनको भागीदारीलाई पनि स्वीकृति दिइयो। यी सबैको खर्च सरकारद्वारा टारगेट ओलम्पिक पोडियम योजना (टप्स) फण्डिंगअन्तर्गत प्रदान गरिनेछ, जसको जम्मा लागत ३४,३६,००० रुपियाँ हुनेछ। यसबीच एमओसीले पिस्टल शूटर अनीशलाई जर्मनीको सुहलमा १५ दिनको निम्ति विदेशी प्रशिक्षक राल्फ शुमानको मार्गदर्शनमा प्रशिक्षण हासिल गर्ने प्रस्ताव अनि टेबल टेनिस खेलाड़ी अर्चना कामथलाई डब्ल्यूटीटी कण्टेण्डर रियो डी जेनेरियो, डब्ल्यूटीटी कण्टेण्डर अल्माटी कजाकिस्तान र डब्ल्यूटीटी कण्टेण्डर मस्कट, ओमानमा प्रतिस्पर्धा गर्ने प्रस्तावलाई पनि स्वीकृति दियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement