खरसाङ: खरसाङको वार्ड नम्बर सातमा रहेको लोवर शेर्पा बस्तीमा सार्वजनिक भवनको २८ नम्बर खरसाङ देवराली समष्टीको सभासद श्याम शेर्पाको बाहुलीबाट शिल्यान्यास गरिएको छ। वार्ड नम्बर सात लोवर शेर्पा बस्तीमा रहेको ग्राम सुधार समितिको समाज भवनको निर्माणको लागि लामा म्हेम्हे र बाहुन बाजेद्वारा पूजा अर्चना गरी सभासद श्याम शेर्पाको बाहुलीबाट नरिवल फुटाएर गरिएको छ। उक्त सार्वजनिक भवन खरसाङ ईञ्जिनियरिङ विभागबाट निर्माण हुन लागेको छ। उक्त शिलान्यास कार्यपछि सम्पन्न एक कार्यक्रलाई ग्राम सुधार समिति वार्ड नम्बर सातको सभापति युएस लामाले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण पनि उनले नै राखेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै २८ नम्बर खरसाङ चिमनी देवराली समष्टीको सभासद श्याम शेर्पाले आजको कार्यक्रममा जीटीए चिफ् अनित थापा उपस्थित हुने भनिए पनि उनको अचानक काम परेकोले आउनु सक्नु भएन तर रिबन काटेर उदघाटन गरिदिने वचन दिनु भएको छ भनी बताएका छन्। उनले भने, ‘मैले जीटीएको सभासद भएपछि सबैभन्दा पहिला सात नम्बर वार्डको समाज घर बनाउँछु भनेको थिए जुन आज आएर पूरा भएको छ। यसको लागि सबैलाई बधाई छ।’

सभासद श्याम शेर्पाले हामीले अनित थापाको रूपमा जीटीएमा राम्रो क्याप्टन पाएका छौं र उनको कुशल नेतृत्वमा जीटीए क्षेत्रमा विकासको कार्यहरू भईरहेको बताएका छन्। कार्यक्रममा भागोप्रमो खरसाङ टाउन कमिटीको सभापति राजु शर्मा र खरसाङ ईञ्जिनियरिङ विभागको कार्यकारी अभियन्ता सुदर्शन छेत्रीले पनि वक्तव्य राखेका थिए। कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै वार्ड नम्बर सातको ग्राम सुधार समितिको सभापति युएस लामाले विस्तृत रूपमा जानकारी गराएका छन्।









